स्वास्थ्य

काउन्सिलको परीक्षामैै ३३ पटकभन्दा बढी फेल

काउन्सिलको परीक्षामैै ३३ पटकभन्दा बढी फेल
doctor1 नेपालमा हरेक वर्ष औसत रूपमा एक हजार ५०० देखि दुई हजार चिकित्सक उत्पादन हुने गरेका छन् । तर दुई हजार चिकित्सकहरु मध्ये काउन्सिलमा चिकित्सक दर्ता प्रमाणपत्रको परीक्षा दिँदा भने ४०–६० प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण हुने गरेको पाइएको छ । काउन्सिल वर्षमा चारपटक एमबीबीएस अध्ययन गरेका विद्यार्थीका लागि चिकित्सक दर्ता प्रमाणपत्रको परीक्षा लिँदै आएको छ । यति धेरै संख्यामा अनुत्तीर्ण हुने कुरा राम्रो भने होइन । अझ देशभित्र पढेकाभन्दा पनि विदेशमा पढेर आएका बढी अनुत्तीर्ण हुने गरेको पाइएको छ । मेडिकल काउन्सिलले विद्यार्थी अनुत्तीर्ण हुनुको कारण खोजी बताउँछ । काउन्सिलको परीक्षा दिने विद्यार्थीमा कति त ३३ पटकभन्दा बढी पटक अनुत्तीर्ण भएकाले नक्कली डाक्टर भेटिएका छन् । वर्षको दुईपटक विशेषज्ञताका लागि अध्ययन गरेका विशेषज्ञ परीक्षा लिँदै आएको छ । स्थापना भएको २०२० सालदेखि हालसम्म काउन्सिलमा एमबीबीएस स्नातक गरेका १७ हजार २६५ चिकित्सकले चिकित्सक दर्ता प्रमाणपत्र लिएका छन् । तीमध्ये ११ हजार २४४ पुरुष र ६ हजार २१ महिला चिकित्सक दर्ता भएका छन् । नेपालमा विभिन्न विषयमा विशेषज्ञता हासिल गरेका चार हजार ४८६ विशेषज्ञ चिकित्सक दर्ता भएका छन । जसमा तीन हजार ३०४ पुरुष र एक हजार १८२ महिला विशेषज्ञ छन् । यो सन् २०१५ सम्मको तथ्यांक हो । सन् २०१५ मा एमबीबीएस (स्नातक) र एमडी, एमएस र एमडीएस (स्नातकोत्तर) अध्ययनका लागि एक हजार २६६ विद्यार्थी विभिन्न देश गएको पाइएको छ । विदेशमा गई एमबीबीएस अध्ययन गर्न जानेमध्ये बङ्गलादेशमा सबैभन्दा बढी ५९४ विद्यार्थी छन् । चीनमा १६०, फिलिपिन्समा ७४, भारतमा १९, इजिप्टमा १३, रुसमा १८, पाकिस्तानमा १३, किर्गिज्स्तान र गुयानामा एक÷एक जना विद्यार्थी छन् । त्यसैगरी एमडी, एमएस र एमडीएस (स्नातकोत्तर) पढ्न गएकामध्ये सबैभन्दा बढी चीनमा १९५, फिलिपिन्समा ५८, बङ्गलादेशमा ३४, थाइल्यान्डमा दुई, अस्ट्रेलियामा दुई, जापानमा पाँच, यूकेमा एक, यूएसएमा आठ, भारतमा ४४, किर्गिज्स्तानमा चार, पाकिस्तानमा चार, इजिप्टमा १३, कोरियामा एक, इरानमा एक र बेल्जियममा एक जना गरी ३७३ जना चिकित्सक स्नातकोत्तरका लागि विभिन्न देशमा छन् । नेपालमा विभिन्न मेडिकल कलेजमा एक हजार ९०५ जना विद्यार्थीले एमबीबीएस अध्ययन गरिरहेका छन् । हालसम्म नेपालबाट सात हजार १९९ जना विद्यार्थीले बाहिरी देश गई एमबीबीएस अध्ययन गरेका छन् भने एमडी, एमएस र एमडीएस (स्नातकोत्तर) दुई हजार २६६ जनाले विदेशमा गई अध्ययन गरिसकेका छन् ।

Medical Counsel

विशेष