मनोरञ्जन

आमिरले ‘दंगाल’ को प्रचारप्रसार यसरी गर्ने !

आमिरले ‘दंगाल’ को प्रचारप्रसार यसरी गर्ने !

असार - १८ । बलिउड स्टार आमिर खानको आउदैगरेको चलचित्र ‘दंगल’ चर्चाको शिखरमा छ । पछिल्लो डेढ वर्षयता पर्दामा नदेखिएका नायक आमिरका प्रशंसकहरु उनको नयाँ चलचित्रलाई पर्खेर बसेका छन् । प्रदर्शनको क्रममा रहँदा फिल्म प्रचारको लागि गीतलाई बलियो हतियार मानिन्छ । तर, डिसेम्बरमा प्रदर्शन हुने उनको यो फिल्ममा कुनै पनि गीत समावेश गरिएको छैन ।

त्यही भएकै कारण प्रचारमा सजिलो बनाउन आमिर आफै गीत गाउनमा जुटेका छन् । प्रोमशनल गीतमा आमिरले आफै स्वर भर्ने निर्णय गरेका हुन् । बलिउडमा किर्तिमानी कायम गरेको चलचित्र ‘पिके’पछि पर्दामा नआएका आमिरले चुनौती बन्नसक्ने ‘दंगल’को व्यापारलाई मध्यनजर राख्दै गायनमा हात हाल्ने भएका हुन् । स्पोर्ट्स ड्रामामा आधारित यो चलचित्रलाई नितेश तिवारीले निर्देशन गरेका छन् ।

Amir Khan Bollywood movie Dangal

विशेष