खेल

म्यानचेस्टर युनाइटेडमा जाल्टन इब्राहिमोभिज

म्यानचेस्टर युनाइटेडमा जाल्टन इब्राहिमोभिज
Jaltan Iv असार – १८ । जाल्टन इब्राहिमोभिजले आफू म्यानचेस्टर युनाइटेडमा आबद्ध हुन लागेको घोषणा गरेका छन् । ३४ वर्षे स्विडिस सुपर स्टारले अर्को सिजन कहाँबाट खेल्ने भन्ने अन्योलताको अन्त्य गरेका छन् । पेरिस सेन्ट जर्मेनमा ठूलो सफलता हात पारेका इब्राहिमोभिज फ्रान्सेली टिम गत सिजन छाडेका थिए । युनाइटेडका नयाँ व्यवस्थापक जोसे मोउरिन्हो आएपछि उनले अनुबन्धित गरेका इब्राहिमोभिज दोस्रो खेलाडी हुन् । स्पेनिस टिम भिल्लारियलबाट आइभरिकोस्टका रक्षक इरिक बेली यसअघि नै युनाइटेड आइसकेका छन् । विश्वलाई यो जानकारी दिने बेला आएको छ, ‘मेरो आगामी गन्तव्य म्यानचेस्टर युनाइटेड हुनेछ,’ इब्राहिमोभिजले आफ्नो इन्स्टाग्राम र फेसबुकमा युनाइटेडको ब्याज राख्दै भनेका छन् । इब्राहिमोभिज र मोउरिन्होको पुनर्मिलन हुनेछ । यी दुई इन्टर मिलानमा सँगै थिए । इब्राहिमोभिजले प्रिमियर लिग भने पहिलोपटक खेल्न लागेका हुन् । युरो २०१६ मा स्वीडेन समूह चरणबाटै बाहिरिएपछि राष्ट्रिय टिम त्यागेका ३४ वर्षे इब्राहिमोभिजले आयाक्स, युभेन्ट्स, बार्सिलोना र एसी मिलानबाट खेलेका थिए ।

France Germany Jaltan Manchester United

विशेष