गिरिजाप्रसाद कोइराला
गिरिजाप्रसाद कोइराला को जन्म बि.सं १९८१ असार १८ गते भएको थियो । प्रधानमन्त्रीका रुपमा उहाँले ४ पटक देशको नेतृत्व गर्नुभयो । सशस्त्र द्वन्द र राजाको प्रत्यक्ष सासनकालको अन्त्यको श्रेय कोइरालालाई जान्छ । नेपाली राजनीतिमा साठी बर्षभन्दा धेरै समय सक्रिय रहेका कोइराला कृष्ण प्रसाद कोइराला परिवारका कान्छा छोरा भिए । उनका दाईहरु क्रमश बिपी कोइराला र मातृकाप्रसाद कोइराला पनि नेपाली राजनीतिकज्ञ नै थिए । उनिहरुपनि नेपालका प्रधानमन्त्री भइसकेका व्यक्तिहरु हुन् । कोइरालाको राजनैतिक यात्रा विराटनगर जुट कारखानाको मजदुर आन्दोलनबाट भएको थियो । नेपाली कांग्रेसको नेतृत्व र प्रधानमन्त्रीका रुपमा ४ पटक देशको नेतृत्व गरेका कोइरालाको निधन ८५ बर्षको उमेरमा २०६६ चैत ७ गते भएको थियो ।
Girija Prasad Koirala