मनोरञ्जन

दीपिका दौडमा

दीपिका दौडमा

0

काठमाडाै‌ । बलिउड अभिनेत्री दीपिका पादुकोण अहिले दौडमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । लङ टेनिसकी खेलाडी उनले दौड प्रतियोगितामा भाग लिएकी भने होइनन् । बन्न लागेको नयाँ फिल्ममा काम गर्ने अवसर हत्याउन उनी अर्की एउटी अभिनेत्रीसँग लामबद्ध भएर उभिएकीले यसलाई भारतीय सञ्चारमाध्यमले अवसर हत्याउने उनको दौड भनेका छन् ।

समाचारमा जनाइएअनुसार निर्माता कबिर खानले बनाउन लागेको नयाँ फिल्ममा काम गर्न दीपिका र अनुष्का शर्मा दुवैले रुचि देखाएका छन् । फिल्ममा अभिनय गर्ने अवसर हात पार्न अहिले दुवै प्रयासरत छन् । भारतीय पत्रिका टीओआईले जनाएअनुसार फिल्ममा काम गर्ने अवसर पाउने सम्भावना दीपिकाको बढी छ ।

Dipika

विशेष