मनोरञ्जन

दयाको दिन

दयाको दिन

अभिनेता दयाहाङ राई पछिल्लो समय एकपछि अर्को चलचित्रमा देखिदै आएका छन् । उनका चलचित्रह?ले दर्शकको मन पनि जित्दै गएको छ ।  एक पछि अर्को चलचित्रमा देखिएका उनी सर्वाधिक सफल र ब्यस्त नायकको स’चिमा अग्रस्थानमा छन् ।  उनको अधिनयको चर्चा फिल्मी बजारमा हट केक बनेको छ । उनी अभिनित चलचित्रको २७०३ सालमा बाढी नै आउने भएको छ । बिर बिक्रम, ह्वाईट सन, झम्की, तान्दाे लगायत आधा दर्जन चलचित्र पदर्शनको क्रममा रहेको छ ।  त्यसै गरि उनी बिभिन्न चलचित्रको स’टिङमा समेत ब्यस्त छन ।

 

यती धेरै ब्यस्त र सफल भएर नै सरकारको तर्फबाट चलचित्र विकास वोर्डले वितरण गर्ने राष्ट्रिय चलचित्र पुरस्कारमा ह्याट्रिक गरेका छन् ।पछिल्लो दुई बर्षमा लगातार उत्कृष्ट बनेका उनले अहिलेसम्म तीन फिल्मबाट राष्ट्रिय अवार्ड हात पारिसकेका छन । २)६६ सालमा उत्कृष्ट सह अभिनेतामा दासढुङ्गा फिल्मबाट राष्ट्रिय पुरस्कार पाएका दयाहाङले गत बर्ष फिल्म सम्बोधनबाट उत्कृष्ट अभिनेताको पुरस्कार जितेका थिए  । बर्ष २०७२ मा प्रदर्शित फिल्म कबड्डी कबड्डीबाट उत्कृष्ट अभिनेताको विजेता छनोट भएसँगै उनले ह्यट्रिक प’रा गरेका हुन् ।

Daya hang Rai

विशेष