एपेन्डिक्स फुटेपछि आन्द्राभुँडी पखालेर बाँचेका पत्रकारकाे मार्मिक कथा
मेरो अनुभव विवाहपछि दसौका लागि पहिलो ससुराली यात्रा थियो । अघिल्लो दसैंमा कार्य व्यस्तताले जान पाएको थिइना । यसपालि त साथमा छुनुमुनु गर्ने ८ महिनाको छोरो पनि भइसकेकाले उनका लागि यात्रा रोमाञ्चक थियो । पहिलोपटक दसैंमा ज्वाइको आगमनले सबै खुसी थिए । तर, त्यो खुसी धेरैबेर रहन पाएन, एकाएक रुवाबासी चल्न थाल्यो ।
एपेन्डिक्स फुटेर पनि अर्को जीवन पाएका पत्रकार यमन पौड्यालकाे अकल्पनिय अनुभव : सुरुवाती लक्षण ०६९ कात्तिक ४ गते राति ९ बजेतिर खाना खाएर १० बजेसम्म ओछ्यानमा पुगिसकेको थिएँ । ओछ्यानमा पल्टिएको आधा घन्टा भएको हुँदो हो, पेटबाट मुखमा चिसो पानी फर्कियो । कुनै वास्ता गरिनँ । राति १ बजेतिर बान्ता भयो । लगत्तै ट्वाइलेट लाग्यो । झन्डै एक–एक घन्टाको अन्तरमा तीनपटक ट्वाइलेट लाग्यो भने दुईपटक बान्ता भयो । दाहिने कोखो पनि मन्द दुखिरहेको थियो । यति हुँदासम्म भोलिपल्टको उज्यालो छाइसकेको थियो । कात्तिक ५ गते दसैँको फूलपाती थियो ।
ससुराली यात्रा बसपार्कसम्म पुग्न अघिल्लै दिन ट्याक्सी बुक गरेर बोलाएको थिएँ । बिहानै ५ बजे सामाखुसी डेरामा ट्याक्सी आइपुग्यो । दाहिने कोखो मन्द गतिमा दुखिरहेकै थियो । मैले ठानिरहेको थिएँ, केही दिनदेखि लगातार खाइरहेको चिल्लोचाप्लोले अपचको समस्या मात्रै होला । बिहान केही नखाई निस्किएको थिएँ । करिब ८ घन्टाको बस यात्रामा एउटा स्याउ र एक बोतलजति पानी मात्रै खाएँ ।
ससुराली पुगेपछि साँझ ससुराली पुगियो । दिनभर केही नखाए पनि बेलुकाको खानामा खासै रुचि लागेन । थोरै मात्रै खाएँ । ९–१० बजेतिर सुतेँ । सुरुदेखि दुख्दै आएको दाहिने कोखोमा पीडा निरन्तर थियो । समस्या देखिन थालेको २४ घन्टा पूरा भइसकेपछि थप समस्या देखिन थाल्यो । पिसाब पोल्ने, नाइटोभन्दा तल पेटमा कक्रक्क हुने गरी दुख्ने, उभिँदा चर्कोसँग पेटमा पीडा हुने लक्षण देखिन थाल्यो ।
पीडा कम गर्न सुई ५ गतेको राति पनि पीडामै बित्यो । बिहानीपख दुखाइ झनै चर्को भएपछि ६ गते झिसमिसेमै रुपन्देही सैनामैनास्थित स्थानीय मेडिकलमा पुगियो । एपेन्डिसाइटिस भएको शंका लागिसकेको थियो । मेडिकलका चिकित्सकले तत्काल पीडा कम गर्न नदुख्ने सुई लगाइदिए । र, राम्रो अस्पतालमा जान सल्लाह दिए । थप उपचारका लागि बुटवल बजारस्थित प्राइभेट क्लिनिकमा पुगियो । रगत, पिसाबको जाँचदेखि पेटको भिडियो एक्सरे गरियो । केही घन्टामा रिपोर्ट आयो, तर रिपोर्टमा एपेन्डिक्स नै देखिएन । त्यहाँका चिकित्सकले एपेन्डिक्स फुटिसकेको पनि भन्न सकेनन्, तर केही समस्या भने रहेको बताए । उनले पनि नदुख्ने औषधि मात्रै दिए । नदुख्ने सुईले काम गर्दासम्म दुखाइ कम भएको महसुस हुन्थ्यो ।
फेरि घर फर्कियौ स्थानीय उपचार गराउन मलाई मोटरसाइकलमा यात्रा गराइएको थियो । ६ गते बुटवलको क्लिनिकमा उपचारपछि साँझ ससुरालीघरै फर्कियौँ । बेलुकाको खाना खाएपछि क्लिनिकले दिएको औषधि सेवन गरेँ । खाना थोरै खाएको थिएँ । औषधिसँग पानी एक गिलास पिएँ । अब त दुखाइ झन् बढ्न थाल्यो ।
पूरै शरीरमा पीडा ६ गते साँझसम्म दाहिने कोखोमा मात्रै पीडा थियो । तर, राति ११ बजेपछि पूरै शरीरमा पीडा हुन थाल्यो । दुखाइ खप्नै नसक्ने गरी बढ्यो । दुख्यो भन्दै चिच्याउन थालेँ । चिच्याउँदा–चिच्याउँदै बेहोस भएछु । ससुरालीमा सबैलाई झन् तनाव भएछ । रुवाबासी चल्न थालेछ । केही समयपछि होसमा आएँ । उभिनै नसक्ने अवस्थामा पुगिसकेको थिएँ । दिसा–पिसाब आउलाजस्तो हुन्थ्यो, तर आउँदैनथ्यो । नाइटोमाथि र तल पेट नै दुई भागमा छुट्टिएजस्तो महसुस हुन्थ्यो ।
एपेन्डिक्स फुटेको थाहा भयो म पिसाब फेर्न त के, खुट्टामा चप्पलसमेत लगाउन नसक्ने अवस्थामा पुगिसकेको थिएँ । राति नै लुम्बिनी अञ्चल अस्पताल पुर्याउने सल्लाह ससुरालीमा भयो । तर, एम्बुलेन्स पाइएन । अन्ततस् मोटरसाइकलमै राखेर करिब १७ किलोमिटर यात्रापछि अस्पताल पुर्याइयो । मोटरसाइकल सालाले हाँकेका थिए भने बीचमा बसेको मलाई पछाडिबाट ससुराले नियन्त्रित गर्नुभएको थियो । इमर्जेन्सी कक्षमा राखेर परीक्षण गरेपछि ६ गते मध्यरातमा थाहा भयो– एपेन्डिक्स फुटिसकेको रहेछ । चिकित्सकको भनाइअनुसार अघिल्लो राति नै फुटिसकेको रहेछ । एपेन्डिक्स फुटेको २४ घन्टा पूरा भएर मृत्युको मुखमा पुगिसकेको रहेछु । आफन्तसँग चिकित्सकले कुरा गरेको सुनेर मैले थाहा पाएँ । एपेन्डिक्स फुटेर पनि यति लामो समयसम्म बाँच्ने व्यक्ति कमै हुँदा रहेछन् ।
उपचार सुरु, डाक्टरको अभाव अस्पतालका प्रमुख डा। कृष्ण खनाल उपचारमा खटिए । नाकबाट पाइप छिराएर आमाशयमा भएको खाना र पानी सबै निकाल्ने प्रक्रिया सुरु गरे । यतिवेला निकै तिर्खा लाग्ने रहेछ । हातखुट्टा पोलेर आगोको कोइलाजस्तो तातो हुने रहेछ । तर, पानी पिउनु पनि नहुने रहेछ । आफन्तहरू चिसो पानीमा चोबेको कपास लगाएर ओाठ र शरीर शीतल बनाउन सक्रिय थिए ।
अप्रेसन गर्ने डाक्टर थिए, तर बेहोस गराउने डाक्टर अस्पतालमा रहेनछन् । दसौ परेकाले पनि अधिकांश चिकित्सक बिदामा रहेछन् । भैरहवा, पाल्पालगायत अस्पतालमा बुझ्दा पनि डाक्टर नभएको खबर आयो । ६ गतेको पूरा रात मात्रै होइन, ७ गतेको पूरा दिन पनि लुम्बिनी अञ्चल अस्पतालमै डाक्टरको खोजीमा बित्यो । काठमाडौं आउने प्रयास गर्दा पनि जहाजको टिकट पाइएन । सडक मार्गबाट आउन झन् जोखिम थियो । मैले ज्यानको आश मारिसकेको थिएँ । ८ महिनाको छोराको अनुहार तारन्तार आँखामा आउँथ्यो । आँखाबाट आँसु खसेको पत्तै हुँदैनथ्यो ।
७ गते राति चितवनमा सबै आफन्त र चिकित्सकले अन्ततस् थप उपचारका लागि चितवन मेडिकल कलेज लैजाने निष्कर्ष निकाले । डा। खनाल र वीर अस्पतालका डा। मुकुन्दराज पन्थीले ठूलो सहयोग गरे । उनीहरूले चितवन मेडिकल कलेजमा आवश्यक डाक्टर झिकाइदिने भन्दै लुम्बिनीबाट चितवन लैजाने व्यवस्था मिलाइदिए । कात्तिक ७ गते राति ११ बजे चिकित्सकको टोलीसहित मलाई चितवन मेडिकल कलेज पुर्याइयो ।
८ गते अप्रेसन ७ गते राति मेडिकल कलेजमा सबै प्रकारका परीक्षण भयो । ८ गते अप्रेसन गर्ने निर्णय चिकित्सकले गरे जुन दसैँको टीकाको दिन थियो । तर, चिकित्सकले यो पनि भनेका थिए कि अवस्था जटिल भएकाले परिणाम जे पनि हुन सक्छ । बाँच्ने आशा कमै राख्न चिकित्सकले आफन्तलाई भनिसकेका थिए । मैले बेडबाट हल्काफुल्का कुरा सुनिरहेको हुन्थेँ । चिकित्सककै लागि मेरो उपचार नयाँ प्रयोग भइरहेको थियो । ८ गते बिहान ११ बजेतिर डाक्टर सुदीपकुमारको नेतृत्वमा बेलबासे र गुरुङ थरका ९नाम याद भएन० डाक्टरले अप्रेसन प्रक्रिया सुरु गरे । अप्रेसन थिएटरमा लगेर लठ्याउनुभन्दाअघि एउटा नमीठो घटना भयो ।
एउटी नर्स चर्को स्वरमा कराउँदै थिएटरमा आइन् र भन्न थालिन्, ‘दसैँको दिन पनि सुख पाइादैन, एक दिन पनि आनन्दले घरमा बस्न नपाउने रु’ डाक्टरहरूसँग उनी बाजाबाज गर्न थालिन् । मृत्युसँग जुधिरहेको मलाई नर्सका कुरा सुनेर निकै पीडा भयो । मैले सकिनसकी मुख खोलेँ, ‘पेसा यस्तो रोजेपछि व्यक्तिगत मस्तीभन्दा सेवामा सक्रिय हुनैपर्छ । तपाईंले यस्तो भन्नु ठीक होइन । म पनि एउटा पत्रकार हुँ, पेसाकै कारण बिहेपछिको पहिलो दसैँमा ससुराली आउन पाइनँ । अहिले आउँदा यो हालत भयो ।’ केही बेरपछि माहोल शान्त भयो । स्पाइनल कर्डमा सुई लगाएर बेहोस गराइदिए । तर, उनीहरू बोलेको कुरा टाढा बोलेकोजस्तो गरी मेरो कानमा गुन्जिएको महसुस हुन्थ्यो ।
आन्द्राभुाडी निकालेर पखालियो मैले डाक्टरहरूको आवाज मन्द–मन्द सुनिरहेकै थिएँ । उनीहरूले मेरो आन्द्राभुँडी निकालेर पखाल्न भनेको पनि सुनेको थिएँ । मेरो पेटबाट बिग्रिएका आन्द्रा, बोसोलगायत फोहोर आठ सय ग्राम निस्किएको भन्दै डाक्टरहरू एक–आपसमा कुरा गरेको पनि सुन्थेँ । यसपछि भने मलाई केही कुरा पनि महसुस भएन । पूरै बेहोस भएछु ।
९ गते होसमा आएपछि ९ गते बिहान होसमा आएँ । निकै जाडो महसुस भयो । यताउति फर्कन र खुट्टा चलाउन नसक्ने अवस्था थियो । आइसियूको ६ दिनको बसाइपछि सर्जिकल वार्डमा सारियो । त्यहाँ थप १३ दिनको बसाइपछि डिस्चार्ज गरियो । एपेन्डिक्स फुटेर बाँच्ने कमै हुने रहेछन् । म पनि दुर्लभ भाग्यमानीमा परेँ । तर, पेटमा रहेको दागले अझै मलाई झस्काउँछ । फालिएको आन्द्राको काम प्लास्टिकको पाइप राखेर पूर्ति गरिएको छ । बेहोस गराउन सुई लगाइएको ठाउँमा ढाड दुख्ने समस्या कहिल्यै निको नहुने रहेछ।
वेलैमा विचार गर्नुहोला आफूलाई एपेन्डिसाइटिस भएपछि मैले यसबारे डाक्टरहरूसँग थप बुझेँ । एपेन्डिक्स फुटेर पनि बाँच्ने कमैमध्येको भाग्यमानी भएकाले स्पष्ट हुन मन लाथ्यो । मेरो अनुभव र डाक्टरहरूको पनि भनाइअनुसार दाहिने कोखो मन्द गतिमा दुख्न सुरु भएलगत्तै अस्पताल जानुपर्ने रहेछ । समय लम्बिँदै जाँदा दुख्ने दर पनि बढी हुँदै जाने रहेछ । यस्तो वेला धेरै खानपिन गर्नु खतरा हुने रहेछ । जति धेरै खायो उति नै एपेन्डिक्स फुट्ने खतरा बढी हुने रहेछ । दुख्न सुरु भएको २४ घन्टाभित्र अस्पताल पुगेर अप्रेसन गरी एपेन्डिक्स फाल्दा ठूलो समस्या होइन रहेछ । तर, एपेन्डिक्स फुटेपछि भने बाँच्ने सम्भावना कमै हुने रहेछ । चिल्लो, माछा, मासु र फ्राइड आइटमका खाना धेरै खाँदा एपेन्डिसाइटिसको खतरा हुने रहेछ । जुनकुनै उमेरका व्यक्तिलाई पनि एपेन्डिसाइटिसको खतरा हुने रहेछ ।
नयाँ पत्रिकामा प्रकाशित अन्तर्वाता
Appendices Yaman Paudyal