भैरहवामा अन्तर्राष्ट्रिय स्तरकाे रंगशाला निर्माण हुने
असार - १९ । जिल्ला खेलकुद विकास समिति रुपन्देहीले भैरहवास्थित सिद्धार्थ रंगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउन तीब्रताका साथ काम अघि बढाइएको छ ।
सरकारले जिल्ला खेलकुद विकास समिती रुपन्देही मार्फत ४० लाख रुपैयां छुट्टाई तारजालीको लागी उपभोक्ता समिती गठन गरी कार्य प्रारम्भ गरेको हो । तारजाली लगाउने कामको शिलान्यास गर्दै पश्चिमान्चल खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेलले रंगशालामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बन्ने योजना सुनिश्चित भएको बताउनु भयो ।
रुपन्देहीमा ०४७ सालमा स्वर्णकार कप क्रिकेट शुरु भएपछि संस्थागत रुपमा क्रिकेट खेल शुरु भएको हो । रंगशालामा १५ हजार दर्शक क्षमताको प्याराफीट निर्माणका साथै डेढ विगाह जग्गा अधिग्रहण गर्ने योजना पनि बनाएको छ ।