खेल

आयोजक फ्रान्स युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश

आयोजक फ्रान्स युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश

2 असार २० । फ्रान्स युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा आइसल्याण्डलाई ५–२ ले हराएर फ्रान्सले सेमिफाइनलमा विश्व विजेता जर्मनीसँगको भेट पक्का गरेको हो । फ्रान्सको जितमा ओलभर जिरउडले दुई तथा दिमिबी पेयट, पउल पोग्बा र एन्टोनियो ग्रिजम्यानले एक एक गोल गरे ।

u

फ्रान्सले पहिलो हाफमा नै ४–० को अग्रता लिएको थियो । पहिलो हाफमा गोल रहित रहेको आइसल्याण्डले दोस्रो हाफमा दुई गोल गर्यो । ५६ औं मिनेटमा कोल्बिएन सिग्थोर्सनले आइसल्याण्डका लागि एक गोल फर्काए । त्यसको तीन मिनेटपछि फ्रान्सका जिरउडले फ्रिकिकमा हेड मार्फत व्यक्तिगत दोस्रो गोल गर्दै खेल ५–१ को अवस्थमा ल्याए ।

URo

८५ औं मिनेटमा आइसल्याण्डका लागि बिरकिर बियारनासनले गोल गरेपछि खेल ५–२ ले फ्रान्सको पक्षमा रह्यो । फ्रान्सले बिहीबार हुने सेमिफाइनलमा विश्व विजेता जर्मनीसँग खेल्नेछ ।

Uro cup Uro Cup 2016

विशेष