भिडियो मनोरञ्जन

ब्लु फिल्म हेर्ने गरेको बताउँदै ज्योति मगरले भनिन्, नेपाली समाज मेरो अनुभव सुन्नलायक भइसकेको छैन

ब्लु फिल्म हेर्ने गरेको बताउँदै ज्योति मगरले भनिन्, नेपाली समाज मेरो अनुभव सुन्नलायक भइसकेको छैन

ज्योती मगरलाई आलोचना गर्ने धेरै छन् । आलोचना गर्नेहरुले नै ज्योती मगरको भिडियो हेरेर युट्युवमा दर्शक बढाउंने गर्दछन् । रोल्पादेखि काठमाडौंसम्मको जीबनयात्रामा उनले थुप्रै आरोहअवरोह पार गरेकी छिन् । भद्दा नृत्य गरेर चर्चामा आएको तथा अश्लिलताको आधारमा टिकेको आरोप खेपेकी उनले आफ्ना बारेमा कञ्चन न्यौपाने र मिलन गुरागांईसंग खुलेर कुरा गरेकी छिन् । मगरको भिडियो र तस्विर गगन थापाले लिएका हुन् ।

आरामै हुनुहुन्छ ?

हजुर आरामै छु ।

अहिले केमा व्यस्त हुनुहुन्छ ?

म खास कार्यक्रमहरुमा बढी व्यस्त छु । त्यसको साथै तीजको गीतहरु रेकर्ड गने क्रम पनि चलिराखेको छ । गीत संगीतको काममा पनि व्यस्त छु ।

तपाईको बाल्यकाल कहाँ र कसरी बित्यो ?

 

म रोल्पामा जन्मे । मेरो प्राइमेरी स्कुल पनि रोल्पामै भयो । त्यसपछि एसएलसीसम्म म दाङमा बसेँ । एसएलसी पास भइसकेपछि कलेज पढ्ने भनेर  काठमाडौँतिर आएँ ।

परिवारमा को - को हुनुहुन्छ ? परिवारमा गन्नुपर्छ किनभने सदस्य बढेको छ । बाबा, आम, भाइ, दिदी हुनुनुन्छ ।

काठमाडौँ कहिले आउँनुभयो ?

म २०६३ सालमा काठमाडौँ आएँ । यो जेठमा ठ्याक्क दश वर्ष हुन्छ ।

पहिलो पटक काठमाडौँ आउँदा कत्तिको गाह्रो भयो ?

त्यतिबेला त एक किसिमको कलाकार बन्ने भन्ने भूत चढिरहेको थियो । त्यो भएको कारणले गर्दा रमाइलो थियो । सानातिनो कुराको पनि टेन्सन हुँदैनथ्योे । अहिले फर्केर हेर्दाखेरि त्यस्तो गाह्रो पनि गरेको रहेछु मैले भन्ने लाग्छ । त्यसलाई मैले त्यतिखेर रमाइलो यात्राको रुपमा लिएँ । अहिले पनि रमाइलो नै भइरहेको छ ।

जीवनमा लक्ष्य के थियो तपाईको ?

सानै हुँदा गायिका नै बन्छु भन्ने थियो तर बच्चामा मलाई नाच्न बढी मन लाग्थ्यो । रेडियो सुन्दा गीत गाउँन मन लाग्थ्यो । स्कुल लेभलमा म गीत गाउँने भन्दा पनि बढि नाच्ने गर्दथेँ । स्कुल सकिसकेपछि गीततिर लागें ।

तपाईको पढाइ कति हो ?

त्यो त भन्न नमिल्ने हो । मैले इन्टर पास पनि गरिन ।

यहाँलाई यो क्षेत्रमा काम गर्नको लागि पारिवारिक सहयोग कतिको छ ?

सहायता नै छ । मलाई के लाग्छ भने परिवारलाई आफ्नो लक्ष्य र सपनाको बारमा आफूले कन्भिन्स् गर्ने हो । सही काम गर्नको लागि र सही बाटोमा हिड्नको लागि कसैको परिवारले पनि समर्थन नगर्ने भन्ने हुँदैन होला ।

तपाईलाई संगीतका नाममा विकृति निम्त्याएको भन्छन्, यस्तो कुराले परिवारमा कत्तिको असर परेको छ ?

मेरो घरमा कुनै पनि समस्या छैन । आफ्नो घरमा को कस्तो र कतिसम्मको छ भन्ने कुरा थाहा हुन्छ । आफ्नोे रगतका बारेमा राम्रै हेक्का राखिएको हुन्छ । मैले गल्ति गरेको छु कि छैन, त्यो कुरा परिवारका सदस्यले भावनाबाट नै बुझ्नुहुन्छ । कहिलेकाहिँ हामी विरामी हुँदा ममीहरुको सपना बिग्रने हुन्छ नि । यस्तो कुराहरु भित्र मनदेखि र रगतको कनेक्सनले गर्दा के सही र के गलत भन्ने कुराहरु परिवारमा पहिलैबाट स्पष्ट हुन्छ । कतिपय कुराहरु आउँछ, नआउने होइन । मान्छेहरुले के - के भन्छन् तर त्यस्तो कुराको पछाडि मेरो घरका कहिल्यै लागेनन् । पोहोर अलिकति समस्या आएको थियो । ढाडे बिरालो आउनेबेलामा अलिकति गाह्रो भएको थियो । मलाई ममीले पहिलो पटक के गरेकी भनेर फोनमा सोध्नुभयो । मैले कारण खुलाएपछि उहांको चित्त बुझ्यो । एकदमै ठूलो समस्या भन्ने हुँदैन । जबसम्म म सहि बाटोमा छु तबसम्म घरमा समस्या आउदैन । मलाई त्यति आत्मविश्वास छ ।

मौलिक नेपालीपना भएको लोकगायनको क्षेत्रमा तपाईले किन भद्दा अभियन गरेर विकृति ल्याउनुभयो ?

खासमा नेपाली मौलिक गीत भनेर कसरी छुट्टाउने भन्ने समस्या छ । दोहारी भाका भनेको जुनसुकैमा पनि हुन सक्छ । त्यो आधुनिकमा पनि हुन सक्छ, भजनमा पनि हुन सक्छ र लोकमा पनि हुन सक्छ । लोकमा पनि सास्कृतिक लोक पनि हुन सक्छ । आफ्नो आफ्नो ठाउँको विधाहरु छुट्टा छुट्टै छ । एक त त्यो कुराहरुलाई हामीले छुट्टाउन सकेका छैनौं । दास्रो कुरा लोक दोहारीलाई हाम्रो संस्कृतिको रुपमा मानिन्छ । यदि त्यस्तो भन्ने हो र लुगा लगाइमा परिवर्तन आउनु हुँदैन भन्ने हो भने पश्चिमको सुर्खेतमा पैछरि नाच, टप्पा नाचहरु राउटेहरुले नाच्छ । हामीले पनि त्यहि ड्रेसमा नाचे भइहाल्यो नि त । (हाँस्दै) त्यहि ड्रेस र तिनीहरुको सस्ंकृतिबाट पनि हाम्रोमा थुप्रै गीत संगीतहरु आएको छ । राउटेको सस्कृतिबाट आएको छ, सुदुर पश्चिमको संस्कृतिबाट आएको छ, पूर्वबाट आएको छ । यो समयको खेल हो । समय विस्तारै परिवर्तन हुन्छ ।

हिजोको दिनहरुमा हाम्रो बजैहरुको पालामा सारी पनि कमैले लगाउनुहुन्थ्यो । मलाई जहाँसम्म लाग्छ लुङ्गीहरु छिपुगुनिहरु लगाउनुहुन्थ्यो । सारीबाट आएर अहिले हजुरआमाहरु जिन्समा झरिसक्नुभयो । भनेपछि हामी त अहिले एक्काइसौँ सताब्दीका युवा पुस्ता हौँ हामी भनेका । त्यसैले मलाई लुगाले गीत संगीतमा केहि फरक पार्छ जस्तो लाग्दैन । यो सबै समयको खेल हो । समय अनुसार गीतहरुमा पनि परिवर्तन हुन्छ । गीत परिवर्तन भइसकेपछि विषयवस्तु परिवर्तन हुन्छ र विषयवस्तु परिवर्तन भइसकेपछि कपडा परिवर्तन हुन्छ ।

विषयवस्तु परिवर्तन हुने आफ्नो ठाउँमा छ तर समय र स्थान हेरेर पनि परिवर्तन हुनु जरुरि छैन र ?

यदि त्यो भन्ने हो भने लोकगीतको म्यूजिक भिडियोहरुमा प्रयोग गरिने भनेको लेहेङ्गा चोली हो । लेहेङ्गा चोली भनेको त नेपाली ड्रेस पनि होइन । कुर्था सुरुवाल पनि हाम्रोे हो जस्तो लाग्दैन मलाई । हामीले लगाउने भनेको गुन्यो चोली र सारी । हामी सबैजना त्यसमा मात्र सिमीत छैनांै नि त । दर्शकहरु परिवर्तन हुनुभयो भने गीतहरु पनि परिर्वतन हुन्छ ।

लाज नभएको नकचरिको छवि बनेको छ तपाईको नेपाली समाजमा, यो विषयमा के भन्नुहुन्छ ?

तपाईको बोली, बानी व्यवहार र तपाईको व्यक्तित्वले नै तपाई भित्र के छ भन्ने कुरा पुष्टि हुन्छ । जे भन्नु हुन्छ त्यो उहाँहरुको आफ्नै भित्रको कुरा हो । मलाई उहाँहरुसगँ केहि पनि सरोकार छैन । मलाई मतलव पनि छैन । यति मात्रै हो । हामीले कपडाले आफ्नो शरिर मात्र छोप्ने हो । कपडाले कहिल्यै पनि इज्जत छोप्दैन । त्यो कारणले गर्दा पनि हामीले एकले अर्कालाई आदर गर्न सक्यौँ भने राम्रो हुन्छ होला । त्यो उहाँहरुले मलाई सम्मान गर्नुहुदैँन, गाली गर्ने दृष्टिले हेनुहुन्छ भने त मेरो भन्नु केहि पनि छैन । त्यो उहाँहरुको समस्या हो ।

दोहोरो अर्थ लाग्ने गीत र अंग प्रदर्शनि नै बजारमा टिक्ने र बिक्ने फर्मुला हो तपाईको ?

हाम्रो नेपाली साहित्यमा एउटा शब्दले धेरै अर्थहरु दिन्छ । यदि ति लिरिक्सहरुसगँ जसलाई समस्या छ उहाँहरुले दोहोरो अर्थ लगाएर दास्रो अर्थ नबुझिदिनु होला । पहिलो अर्थ बुझिदिनु होला । संसारमा नराम्रो भन्ने कुनै पनि कुरा छैन । सकारात्मक र नकारात्मक दुबै हिसाबले जिन्दगी चल्ने हो । सबै कुराहरु एउटै भयो भने कसरी चल्छ त जीवन ? त्यो रोटेसन हुनको लागि पनि केहि कुराहरु नकारात्मक र केहि कुराहरु सकारात्मक हुनु जरुरी छ । मलाई त सबै कुराहरु सकारात्मक नै लाग्छ ।

एउटा कलाकारको नाताले दर्शकलाई केहि न केहि कुरा सिकाउने खुबि हुनुपर्छ, हामीले ज्योति मगरबाट चाहिँ के सिक्न सक्छौँ ?

तपाईको मनले के भन्छ, तपाईलाई के गर्दा खुशी मिल्छ ? त्यो महत्वपुर्ण कुरा हो । जिन्दगी एकपटकमात्र आउँछ, घरि घरि आउँदैन । त्यसैले जीवन रमाएर जीउनुहोस् । मान्छे मरेपछि पनि नाम होस् भन्ने खालको काम गरौँ भन्ने कुरालाई म कदर गर्छु । तर मरिसकेपछि मेरो नाम छ कि छैन भन्ने के थाहा । मर्नेलाई थाह हुंदैन । मृत्यु र जन्म भन्ने कुरा कतिबेला कहाँ हुन्छ भन्ने पनि थाहा छैन । जिन्दगी धेरै छोटो छ । त्यसैले रमाइलो गर्नुस्, मनले चाहेको कुरा गर्नुस् । आजको जमानाको केटीहरुले समाजले र फलानाले के भन्ला भनेर सोचिराख्न जरुरी छैन । तपाईको परिवारलाई चित्त बुझाउनुहोस्, पुग्छ ।

समाजको नियममा बस्नुपर्छ होला नि, पर्दैन र ?

मैले म्युजिकको बारेमा भनेको हो खासमा । मैले स्टुडियोमा गएर गीत गाऊनलाई र कन्सर्टमा गएर गीत गाउनलाई म समाजसंग डराउन पर्दैन । मैले मान्छे मारेको पनि होइन, मैले समाजमा युवाहरुलाई विगार्ने काम गरेको पनि होइन । मैले आफुलेपनि रमाइलो गरेको हो, र उहाँहरुलाई पनि मनोरञ्जन दिलाएको हो । खुशी भन्ने कुरा एकदम अनमोल छ । यस्तो कुराहरु किनेर पनि पाउन सकिन्न । किन्न नसकिने कुरा मैले दिलाएकी छु ।

तपाईलाई लोकगायीका भगवती उप्रेतीले लोक गायनको क्षेत्रमा मन्द विषको संज्ञा दिनुभयो । उहाँले तपाईलाई यो क्षेत्रबाट निकाल्नुपर्छ पनि भन्नुभएको थियो नि ?

यो कुरा मैले पहिलो पटक सुन्दै छु तपाईको मुखबाट । मलाई पहिला पहिला यो मिडियाहरुमा आफ्नोबारेमा के आयो भनेर खुब हेर्न मन लाग्थ्यो । दुईतीन वर्ष भयो, मैंले खाशै चासो दिएको छैन । भगवती जीलाई म यहिँबाट भन्न चाहन्छु कि मलाई निकाल्ने कोशिश गर्नुस् । कोशिश गर्दा केहि फरक पर्दैन, गर्नुस् कोशिश ।

यहाँलाई आफूले लगाएको पहिरनहरुले अलिकति अप्ठ्यारो र असहज भएको महशुश हुँदैन ?

मनमा त्यस्तो असहज महशुश हुने पहिरन त म लगाउदै लगाउदिन । जे लगाउँछु कम्र्फट भएरै लगाउँछु । मैले लगाएको पहिरनहरु अश्लिल हुंदैन । सबभन्दा ठूलो कुरा हेराइ हो । नजर परिवर्तन गरौँ, सोचाइ परिवर्र्तन गरौँ । एउटा गीत र कुनै कलाकारलाई परिवर्तन गर्ने होइन, हामीले आफ्लो दृष्टिकोण बदलौँ । ज्योति मगरले ढाडे बिरालो खेल्यो भनेर उफ्रने तर राष्ट्रपतिलाई मन्दिरमा विधवा भनेर अपमान गर्दा नबोल्ने देश हो हाम्रो । हामी अहिले पनि पुरुषप्रधान देशको चपेटामा छौँ । त्यो परिवर्तन गरौँ, सबै परिवर्तन हुन्छ । तपाईको सोचाइ नर्मल भयो भने ज्योति मगरको ड्रेस सबै नर्मल हुन्छ ।

ज्योतिको आगमन पछि अर्चना पनेरु आइन्, त्यसैगरि अरुअरुपनि आउंदैछन् । तपाईलाई विकृति निम्त्याएकोमा ग्लानी छैन ?

अर्चना पनेरु जी सगँ दाज्न मिल्दैन । मान्छेहरुको इच्छा हुने रहेछ । इच्छा अनुसार बाँच्न पाउनुपर्छ । समाज परिवर्तन हुंदै जान्छ । बुर्का लगाउने मुसलमान समुदायकै पोर्न मुभी छ । उनीहरुको देशमा त केटीहरुले टाउकोदेखि पैतालासम्म पूरै छोपेर लुगा लगाउनुपर्छ । त्यो देशको कानून, धर्म र संस्कृति त्यस्तो छ, तैपनि त्यस्तो भटिन्छ । कुन कुरा कुन ठाउँमा गर्दा ठीक हुन्छ बुझ्न जरुरी छ । जस्तो यही पहिरनमा म रोल्पामा गएर बस्न सक्दिन । म काठमाडौँमा मात्र कम्फर्टेबल हुन्छु । रोल्पा जादाँ मैले अर्कै गेट अप गनुपर्ने हुन्छ ।

तपाईलाई यौन दुव्र्यवहार कतिको हुन्छ ? कति पटक यसको शिकार हुनुभएको छ ?

हुन्छ । मैले पनि भोगेको छु । सुरुसुरुमा नेपाल यातायात चढेर काम गर्न जानुपर्ने हुन्थ्यो । त्योबेलामा केटाहरु नजिक आउंथे । विस्तारै हातहरु ल्याउंथे । म त्यस्तालाई प्रतिकार गर्ने गर्दछु । त्यस्तो कुराहरुमा दबिएर बस्नु हुँदैन । अहिले त विभिन्न संघ संस्थाहरु छ, महिला अधिकार छ र सब कुराहरु छ । यति हुँदाहुँदै पनि हामी आफै दकस मान्छौं । डराउँछौँ । त्यो नै हामी केटिहरुको कमजोरी हो । अहिले नेपालमा हेर्ने हो भने पुरुषको भन्दा पनि हाम्रो कानून माथि छ । हामी केटी भएकोमा गर्व गर्नुपर्छ । त्यो कुरालाई हामीले व्यवहारमा पनि ल्याउनुपर्छ ।

यौन दुव्र्यवहारमापरे भन्नुभयो, कसरी प्रतिकार गर्नुभयो ?

के गर्या ? भन्यो थकेलिदियो । त्यति भनेपछि केटाहरु लजाईहाल्छन् । गल्ती गर्नेको जुनसुकै मान्छेकोपनि नजर झुक्छ, लाज हुन्छ । एकपटक म नेपालगञ्जबाट आउँदा नाइट बसमा आउंदाको अनुभव भन्छु । म निदाईरहेको थिए, एकजनाले मेरो थाइ मुसार्दै हुनुहुँदो रहेछ । मैले के हो भनेर बत्ति बाले । के गरेको भनेर सोधें । उहां त निधाएजस्तो गर्नुभयो । नबिउंझिकनै उहां काठमाडौं आइपुग्नु भयो ।

अरु अनुभव पनि छ ?

त्यस्तो अनुभवहरु टन्नै छ तर सम्झिन लायकको भनेको त्यो एउटा हो । सामान्यतः केटाहरुले जिस्काए भने म उल्टै जिस्काइदिन्छु । टच गर्यो भने त एकदमै रिस उठ्छ । सिठ्ठी बजाएर जिस्कायो भने म पनि सिठ्ठी बजाएर पछि पछि गइदिन्छु । त्यस्तो गरेपछि आफै लजाएर भाग्छन् केटाहरु । घण्टाघरको अगाडि चिया पसल छ । चिया पसलमा केटाहरु चिया खाएर बसिरहेका थिए । म स्कर्ट लगाएर टक टक हिड्दै थिए । मलाई उनीहरुले जिस्काए । मैले पनि फरक्क फर्किएर के हो सोल्टी केटि जिस्काउने बाटोमा बसेर भन्दिएको कसैले पनि मैले जिस्काएको भनेन । सबैजना मुन्टो निहुराएर चिया खान थाल्नुभयो । त्यस्तो क्षणहरु टन्नै छ । कतिपय समयमा हाँसेर उसैलाई लज्जित बनाएर पनि टार्न सकिन्छ । सुम्सुमाउनै आएपछि रिसाउनपनि पर्छ ।

तपाइले त प्रकिकार गर्न सक्नुहुन्छ, अरु प्रतिकार गर्न नसक्ने किशोरीहरुलाई कसरी प्रतिकार गर्न प्रोत्साहन गर्नुहुन्छ ?

त्यो त आफ्नो आफ्नो स्वभाव हुन्छ । भन्न त मान्छेले नारीको गहना भनेको लाज हो भनेर भन्छन् । त्यो कुरालाई म एकदमै समर्थन पनि गर्छु । साँच्चै लजाउने र लज्जावति नारीलाई देखे भने म पनि एक किसिमले लठ्ठिन्छु । उहाँजस्तो हुन पाए भन्ने कुराको कल्पना गर्छु । तर त्यही लाज हामी केटीहरुको सबैभन्दा ठूलो कमजोरी हो । त्यो कारणले गर्दा पनि हामी बढी यौन दुव्र्यवहारमा पर्छौ । जति बढी लजायो, त्यति नै हेप्न थाल्छन् । हामी सम्मान गर्ने ठाउँमा र लजाउनु पर्ने ठाउँमा लजाउ तर प्रतिकार गर्ने ठाउँमा किन लजाउनु ? जसरी आउँछ त्यसरी प्रतिकार गर्दा हुन्छ । प्रतिकार गर्नुको मतलब ढुङ्गै टिपेर हान्नु होइन । नेपालमा यति धेरै संस्थाहरु छ, कानूनसम्म पुगेर पनि प्रतिकार गर्न सकिन्छ । हामी महिलाहरुले यति धेरै अधिकार पाएका छौँ । हामी महिलाहरुलाई डराउनुपर्ने कारण केही छैन ।

कसैले जिस्कायो भने गएर थप्पड हानिदिए पनि हुन्छ ? तपाईले हान्नुभएको छ कि छैन ?

त्यो जिस्काउनेको गल्ती हो । हान्न सक्नेले थप्पड हान्दा पनि हुन्छ । म हत्तपत्त हात हालि हाल्दिन । मलाई हात उठाउन आउँदैन । मैले पाट्टपुट्ट हात उठाउने भनेको सानो हुँदा दिदीलाई हो । अलि ठूलो भएपछि त बोइफ्रेन्डसगँ हो ।

बोइफ्रेन्डसगँ हानाहान नै पर्यो ?

त्यस्तो होइन । बोइफ्रेन्ड गर्लफ्रन्डले एक अर्कालाई समान्य रुपमा हात हाल्ने हक पनि हुन्छ ।

यहाँको अहिले बोइफ्रेण्ड छ कि छैन ?

छैन । अहिले त म सिङ्गल नै छु ।

कसरी ब्रेक अप भयो त ?

त्यो सबै कुराहरु क्यामेराको अगाडि भन्यो भने भोलि फेरि कमेन्ट्सहरु हेरिसक्नु हुँदैन । त्यो भएर भोलिलाई मध्य नजर गर्दै यो कुरालाई गोप्यमै राख्दा ठीक होला ।

सामाजिक सञ्जालमा नकारात्मक कमेन्टहरु गरेर एकदम हैरान बनाएको छन् है तपाईलाई ?

मैले राम्रो काम गर्दागर्दै कसैले नकारात्मक प्रतिक्रिया दिन्छ भने मलाई मतलब हुँदैन ।

अघि पोर्न साइटको प्रसंग आएको थियो, यहाँले कत्तिको हेर्नुहुन्छ पोर्न साइट ?

म पोर्न साइट हेर्ने एडिक्ट होइन । हेर्नै पर्ने भन्ने छैन । सबै मान्छे एउटा न एउटा कुराको एडिक्सन हुन्छ । म त्यस्तो एडिक्ट होइन । कहिलेकाहिँ संसारमा महिलाहरुले गर्ने काम, त्यसपछिको नतिजा कस्तो हुन्छ भनेर जान्न एउटा ज्ञानको हिसाबले हेर्ने गर्छु । मैले यौनान्दका लागि हेर्दिन । एउटा महिलाले कस्तोसम्म गर्दो रहेछ, मान्छेहरुको इच्छा कस्तो हुन्छ भनेर जान्नको लागि एउटा मानव भएको नाताले हेर्ने गर्छु । कसै न कसैले हेर्नकै लागि त बनाइएको हो ।

तपाईको नजरमा यौन के हो ?

(हाँस्दै) मलाई त थाहा छैन । खासमा यस्तो हुँदो रहेछ । प्रकृतिले कति चिजहरु यस्तो बनाएको छ कि जो रहस्यमय छन् । यौन मुख्यतः बच्चा जन्माउन र आउँने पुस्तालाई निरन्तरता दिनका लागि हो । सृष्टि गर्दा महिलाहरुलाई कति पीडा हुन्छ । यौनमा मनोरंजन होला ।

के तपाईले यौनको आनन्द लिनुभएको छ ?

भन्न मिल्दैन त्यो । नेपाली अनलाइन हो । नेपाली दर्शकहरु हुनुहुन्छ ।

प्रेम प्रस्ताव कतिको आउँछ ?

प्रेम प्रस्तावहरु मलाई अहिले भन्दा पनि पहिले बढी आउँथ्यो । केटाहरुले जसलाई हेप्छन्, उनीहरुलाई प्रस्ताव गर्छन् । बाटोमा हिड्दा पनि जो केटिहरु लजाएर हिड्ने गर्छे, त्यसलाई नै केटाहरुले बढी जिस्काउने गर्छन् ।

त्यसरी नहिड्ने, ढुक्कले हिड्नुपर्छ । यो मेरो पनि देश हो, म पनि यो देशको नागरिक हो भन्ने हिसाबले हिड्नुपर्छ । मन पराउनेहरु त हुनुहुन्छ । धेरैले प्रेम प्रस्ताव राख्नुहुन्छ । यो त कलाकारको लागि समिान्य कुरा हो । त्यो एकदम ठूलो कुरा पनि होइन । मलाई एकपटक कसैले प्रस्ताव राख्यो भने दास्रो पटक राख्ने हिम्मत पनि गर्दैन । म सिधा कुरा गरिदिन्छु । प्रस्ताव आयो भन्दैमा फुर्किने र मख्ख पर्ने गर्दिन ।

hot and sexy jyoti magar interview with nepalaaja jyoti magar with nepal aaja

विशेष