खेल

मेसिकाे पूनरागमन संकेत

मेसिकाे पूनरागमन संकेत
missi 2 कोपा अमेरिकाको फाइनलमा चिलीसँग पराजित भएपछि अचानक अन्तर्रािष्ट्रय फुटबलबाट बिदा हुने निर्णय लिएका अर्जेन्टिनी स्टार लियोनेल मेस्सीको पूनरागमन हुने चर्चा चल्न थालेको छ । अर्जेन्टिनाको अर्जेन्टिनी सञ्चार माध्यम ला नासियोनलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरुले मेस्सीको पुनरागमनको अड्कल काट्न थालेका हुन् । Messi ला नासियोनले मेस्सीका पूर्व सहकर्मीलाई उद्धृत गर्दै उनी अगामी नोभेम्बरमा हुने विश्वकप छनौट चरणको खेलबाट अर्जेन्टिना टोलीमा फर्कने रिपोर्ट प्रकाशित गरेको छ । अर्जेन्टिनाले सेप्टेम्बरमा उरुग्वे र भेनेजुएलाको सामना गर्दैछ । तर, त्यसलाई छाडेर उनले नोभेम्बर १० मा हुने ब्राजिल र १५ मा हुने कोलम्बियाविरुद्धको खेलमा पूनरागमन गर्ने उक्त सञ्चारमाध्यमको दाबी छ । मेस्सीले सदाका लागि नभएर केही समयका लागि अन्तर्राष्टिय खेलबाट आराम लिएको दाबी गरिएको छ । Messi रिपोर्टमा मेस्सीको साथी भनेर उनीसँग सन् २००६, २०१० र २०१४ को विश्वकप खेल्ने खेलाडी भनेर उल्लेख गरिएको छ । ‘उनी फर्कने छन् । सन् २०१८ को विश्वकपका लागि उनी फर्कनेछन्’ ती साथीको भनाई उद्धृत गर्दै भनिएको छ । त्यसरी तिनवटै विश्वकमा मेस्सीसँग खेल्ने ह्याभियर मास्चेरानो र म्याक्सी रोड्रिग्वेज मात्र छन् । miss 4 यस विषयमा मेस्सी आफै भने मौन छन् । उनी फर्कने छन् वा छैनन् भन्ने विषय भने उनी आफैले स्पष्ट पारेपछि मात्र पुष्टि होला । अहिले भने उनीबारे अड्कलबाजी काट्ने क्रम जारी रहेको छ । मेस्सीलाई फर्कन अर्जे्न्टिनी समर्थकहरुले निकै दबाब दिइरहेका छन् । हिजो मात्र ब्युनोस आयर्समा मेस्सीलाई फर्काउन ठूलो र्यलीको आयोजना गरिएको थियो । एजेन्सी

Football Argentina Leion Messi

विशेष