मनोरञ्जन

बलिउड अभिनेता इफरान खानको प्रश्न ‘मुसलमानहरु किन चुप ?’

बलिउड अभिनेता इफरान खानको प्रश्न ‘मुसलमानहरु किन चुप ?’
Irfan-Khan-Wallpaper बंगलादेशमा भएको चरमपंथी हमलापछि बलिउड अभिनेता इफरान खानले प्रश्न उठाए, ‘मुसलमानहरु किन चुप छन् ?’ इफ्रान खानले फेसबुक मार्फत सो अभिव्यक्ति दिएका थिए । जसमा करिब डेढ हजारभन्दा बढिले आफ्नो सल्लाह दिएका छन् । बिबिसि हिन्दीले उनको उक्त पोष्ट प्रकाशित गरेको थियो । धेरै मान्छेले बर्मा र इजरायलमा मुसलमानहरुलाई अन्याय हुँदा बौद्ध र यहुदी धर्मावलम्बीहरुलाई किन आतंकको दर्जा दिइदैँन भनेर प्रश्नसमेत उठाएका छन् । पत्रकार विसम् अकरम त्यागिले मुसलमानहरु एकदमै नराम्रो र कठिन परिस्थितीबाट गुज्रिरहेका छन् र त्यो घटनाको मुख्य शिकार नै मुसलमान भएका छन् भनेर लेखेका छन् । त्यसका साथै उनले जहाँ आतंककारी घटना भएपनि मानिसहरु मुसलमानलाई नै दोषि देख्छन् ।अनन्त आतंकवादसगँ इस्लामको केहि सम्बन्ध देख्छन् भनेर भनेका छन् । उनले लेखे इस्तानबुलमा ४४ जना मारिए, हिजो इराकमा मारिए तर सधैँ चर्चा किन बंगलादेशलाई मात्र किन चर्चामा ल्याइन्छ ? त्यस्तैगरी दिल्लीकी समाजसेविका शबना खानले लेख्छिन् यदि फिल्म एक्टरलाई यति धेरै चिन्ता छ भने मुसलमानकाबीचमा आएर काम गरे हुन्छ । मुखले बोलेरमात्र केहि हुन्न । उनले इफरान खानलाई त्यसरि बोल्नुभन्दा आफूलाई काम सघाए उचित हुने थियो भनेर अभिव्यक्ति गरेकी छिन् ।

bollywood hollywood Irfan Khan

विशेष