मनोरञ्जन स्वास्थ्य

सुन्दरी कसरी बन्ने

सुन्दरी कसरी बन्ने

Beauty सुन्दर देखिने सबैको चाहना हुन्छ । सबैले सुन्दर देखिनलाई अनकौ प्रयास गरिरहेको हुन्छ । मानिस राम्रो देखिनलाई मेकअपको महत्वपुर्ण भुमिका हुन्छ । आजकालका युवायुवतीहरु मेकअप बिना कमै मात्रामा बाहिर निस्कन्छन । कतीपयले राम्रोसंग मेकअप गरेका हुन्छन भने कोही कोहीले मेकअप गर्न जानेका हुदैनन् । मेकअप छालाअनुसार नै गर्नुपर्छ । पहिले आफूलाई कुन मेकअप सजिलो र उपयुक्तयुक्त हुन्छ, बुझ्ने अनि मात्र त्यसलाई निरन्तरता दिने गर्नुपर्छ ।

किशोरावस्थामा मानिसको मूल्यांकन ऊ कति राम्री छ भन्ने कुराले पनि फरक पार्छ । त्यसैले आफ्नो शरीर कुन पहिरन र कुन मेकअपमा राम्रो देखिन्छ भन्ने कुराको ख्याल राख्नुपर्छ । तर बढी मूल्य पर्ने पोसाक र विदेशी मेकअपका सामान मात्रै राम्रो भन्ने भ्रमबाट मुक्त हुनुपर्छ । दिउँसो आँखाको मेकअप नगर्नु नै राम्रो मानिन्छ । गाजल, स्टिक वा मेट फिनिस साँझ, बिहान वा राति प्रयोग गर्नु राम्रो हुन्छ । घुँडा र कुहिनामा सधैं कालो दाग बसेको हुन्छ । छोटो कपडा लगाउँदा कुहिना र घुँडाको कालो दाग देखियो भने पहिरनले दिएको सौन्दर्य त्यसै हराएर जान्छ । त्यसैले यसको राम्रो हेरविचार गर्नुपर्छ ।

आइलाइनर, मस्करा तथा आइस्याडोको हानिकारक अंश सफा गर्न आइ मेकअप रिमुवर प्रयोग गर्नु राम्रो मानिन्छ । यदि सक्षम हुनुहुन्छ भने ६ सातामा एकपटक ब्युटिपार्लर जानुहोस् । ब्युटिपार्लर जाँदा आवश्यक सल्लाह लिन नबिर्सनुहोस् । अनुहारको ताजापन कायम राख्न बेला–बेलामा त्यसलाई बाफले सेक्नुपर्छ । यसका लागि पानी उमालेर बाक्लो कपडाले आफूलाई छोपेर बाफ लिनुपर्छ । यसरी बाफ लिइसकेपछि चिसो पानीले अनुहार पखाल्नुपर्छ । यसो गर्दा छालामा रहेका स–साना छिद्र राम्ररी खुल्छन् । नङपालिस गर्दा केमिकलको प्रयोग सकभर गर्नुहुदैन । केमिकलको प्रयोग गर्नुभन्दा नङपालिस नलगाउनु नै वेश मानिन्छ । हातको हेरचाहका लागि मेनिक्योर र खुट्टाको हेरचाहका लागि पेडिक्योर गर्नुपर्छ । हातखुट्टा तातोपानीले नियमित धुँदा पनि राम्रो परिणाम देखिन्छ । केश लामो छ भने हप्तामा एकपटक टुप्पो काट्नुपर्छ । टुप्पो काटेको केश अन्य केशको तुलनामा स्वस्थ हुन्छ ।

चारैतिर प्रदूषण भएकाले केशलाई यसले असर गरिरहेको हुन्छ । यस्तो प्रदूषणमा केशले अम्लीय पदार्थ उत्पादन गरिरहेको हुन्छ । त्यसैले सातामा एकपटक स्याम्पुले केश धुनु राम्रो मानिन्छ । महिनाको एकपटक कन्डिसनर लगाउनु राम्रो मानिन्छ । पसिनाले बाहिरी सौन्दर्यलाई असर नगरोस् भन्ने हेतुले अहिले ‘ड्योडोरेन्ट’ क्रिम बजारमा आएको छ । यसले पसिनाको भित्री ताप नियन्त्रण गर्छ । यसले पसिनाको गन्धलाई पनि मार्ने काम गर्छ । पसिना नियन्त्रण तपाईंले लगाउने पहिरनमा पनि भर पर्छ । सुती र सिल्की कपडा लगाउँदा पसिनाको दुर्गन्ध कम हुन्छ । सकभर चर्को घामबाट छालालाई बचाउनुहोस् । छाला मालार नामक पदार्थले बनेको हुन्छ । जसले सूर्यको किरणबाट हुने हानिकारक असरबाट बचाउँछ । तर चर्को घामले छाला कालो र चमकहीन बन्न सक्छ । किशोरीहरूको जाँघ, खुट्टा अथवा काखीमा अनावश्यक रौं उम्रन्छन् । यसका लागि ब्लिचिङ गर्नु उपयुक्त हुन्छ । यसले सन्तोषजनक परिणाम दिन सकेन भने ब्युटिसियनसँग सल्लाह लिनुपर्छ । सौन्दर्य र सन्तोष एक–अर्काका पुरक हुन् । यदि असन्तोषी, चिन्तित र तनाबमा भयो भने जतिसुकै राम्रो सौन्दर्य प्रसाधन प्रयोग गरे पनि राम्री देखिन सकिँदैन । त्यसैले मनलाई शान्त बनाउनुपर्छ । सकभर आफ्नो स्थिति, परिवार र साथीभाइमा सन्तोष व्यक्त गर्नुर्छ । मानिसलाई बाहिरी सौन्दर्यभन्दा भित्री सौन्दर्यको आवश्यकता पर्छ । त्यसका लागि ध्यान, योग, आध्यात्मिक कार्य पनि गनुपर्छ । यसले मानिसले गर्नुपर्ने व्यवहार मात्र सिकाउँदैन, आहार र विहारलाई पनि नियन्त्रण गर्छ । नेपालमा प्रशस्त मात्रामा जडीबुटीहरूको उत्पादन हुन्छ । यस्ता पदार्थ रसायनरहित हुन्छन् । यदि छालाले दुस्ख दिइरहन्छ भने सौन्दर्य प्रसाधनका रूपमा यस्तै हर्बल सामग्री प्रयोग गर्नु लाभदायक हुन्छ । शरीरलाई सफा गर्न पहिलेदेखि नै प्राकृतिक ब्रसको प्रयोग हुँदै आएको थियो । छिप्पिएको घिरौलाको जालोलाई गाउँघरमा प्रयोग गरिन्छ । तर आजभोलि प्लास्टिकको नरम जालो पाइन थालेको छ । महिनामा एकपटक यस्तो जालोको प्रयोग गरेर नुहाउने हो भने शरीर राम्ररी सफा मात्र हुँदैन, छालाका मृतकोषहरू पनि हटेर जान्छन् । सम्भव भएसम्म नुहाएपछि शरीर पुछेर बडिलोसन लगाउनुपर्छ । आज शरीरलाई ध्यान दियो भने भोलि छालाले दुस्ख दिँदैन । सौन्दर्यमा स्त्रियोजित सफाइको ठूलो महत्व छ । स्त्रियोजित सफाइ भन्नाले गुप्ताङ्गहरूको सफाइ भन्ने बुझिन्छ । त्यसैले दिनहुँ नुहाउनु राम्रो हो । बाहिरी सौन्दर्य राम्रोसँग मेन्टेने छ, तर भित्री बौद्धिकता, चातुर्यता, सहनशीलता र नम्रता छैन भने व्यक्तिको सौन्दर्य तुरुन्तै कुरूपतामा बदलिन्छ । त्यसैले सकेसम्म भित्री आचरणलाई पनि बाहिरी आवरणजस्तै सिंगार्ने प्रयास गर्नुपर्छ ।

Beauty

विशेष