स्वास्थ्य

यी रोगमा रामबाँण हुन सक्छ दुबो

यी रोगमा रामबाँण हुन सक्छ दुबो
Cyd साउन १७ । तुलसी, बेलपत्ता, पिपल, सयपत्री, दुबो यी पबित्र विरुवा मानिन्छन् । यी बिरुवाको पात पूजाआजामा प्रयोग हुन्छ । यी सबैको औषधीय गुण हुन्छ । दुबो (Cynodon dactylon) दुबो एक चिरस्थाई प्रशारराशील राम्रो घाँस हो । यो जताततै पाईन्छ । यसमा बिटा सिटोस्टिरल, बिटा केरोटिन, भिटामिन सी, केरोटिन्स, ग्लुकोसाईड, पामिटिक अम्ल, ट्रायटपेनोईड, एरन्ड्रोइन, फेरुलिक मोनो तथा ओलिगो सेकेराईड पाईन्छ । औषधीय गुण नेत्ररोग, नाथ्री फुटेमा, अतिसार, छाती पोलेमा, मधुमेह, क्यान्सर, नपुङ्सकता, रक्तप्रदर, लुतो र जिउ चिलाउने, सुजन (सुन्निने) रक्तसाधक, वमननाशक, पिसाब पोलेको र पिसाबमा रगत आएमा, अपस्मार (मुर्छा), व्रण रोपण (घाउ पुर्ने) पथरी, पुरानो प्रमेह रोग उपचार गर्न प्रयोग गरिन्छ । –नाथ्री फुटेमा २ थोपा दुबोको रस नाकभित्र टप्काउने । –मिश्री पानीसँस दुबोको रस मिसाएर पियो भने पिसाब पोल्ने, प्रमेह आदीलाई फाईदा गर्छ । –दुबोको पंचाङ्ग (जरा,डाँठ, पात,फूल, फल) लाई सिलौटामा कुटेर, पिसेर रस निकालिन्छ । छानेर प्रयोग गनुपर्छ । मात्रा – स्वरस – देखि १० – २० मिली ।

Cyden

विशेष