समाज

भर्ना नै नभएका विद्यार्थीलाई ८ कक्षा उत्तीर्णको प्रमाणपत्र

भर्ना नै नभएका विद्यार्थीलाई ८ कक्षा उत्तीर्णको प्रमाणपत्र
साउन - १७ । जाजरकाेटकाे एक विद्यालयमा २०७२ सालमा भर्ना नै नभएका विद्यार्थीलाई कक्षा ८ को जिल्लास्तरीय परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्र उपलब्ध गराएको खुलासा भएको छ । जिल्लाको भेरी मालिका नगरपालिकाको भुरमा रहेको दीपेन्द्र उच्च माविमा भर्ना नै नभएका विद्यार्थीलाई कक्षा ८ को प्रमाणपत्र उपलब्ध गराएको भेटिएको हो । निमित्त प्रधानाध्यापक बलदेव साहका दुई छोरा जयप्रकाश साह, ओमप्रकाश साह र स्थानीय भुर– ७ कै शैलेन्द्र रानालाई विद्यालयमा भर्ना नै नगरी हचुवाको भरमा कक्षा ८ को जिल्लास्तरीय परीक्षामा सहभागी गराएको भन्दै प्रमाणपत्र उपलब्ध गराएको नाम नबताउने सर्तमा एक शिक्षकले बताएका छन् । विद्यालयमा भर्ना नै नभएका फर्जी विद्यार्थीलाई कीर्ते परीक्षार्थी बनाई यस्तो अवैध काम भएको सत्य बाहिर आएपछि शिक्षकबीच मनमुटाव भएको छ । निमित्त प्रअ साहसँग टेलिफोन गर्दा सम्पर्क हुनसकेको छैन । यता जिल्ला शिक्षा कार्यालयले छानबिनपछि कारबाइ गरिने जनाएको छ ।

education Education In Nepal Jajarkot

विशेष