खेल

म्याक्सवेल अस्ट्रेलियन टोलीबाट बाहिर

म्याक्सवेल अस्ट्रेलियन टोलीबाट बाहिर
df साउन – १७ । अस्ट्रेलियाका बिस्फोटक ब्याट्सम्यान ग्लेन म्याक्सवेल श्रीलंकाविरूद्धको एकदिवसीय शृखंला अगाडि नै टोलीबाट बाहिरिएका छन् । अस्ट्रेलियाले १५ सदस्यीय टोलीको घोषणा गर्ने क्रममा खराब फर्मबाट जुधिरहेका म्याक्सवेललाई बाहिर राखेको हो । उनी शृखंलाका लागि टिमबाटै बाहिर पहिलो पल्ट भएका हुन् । पछिल्लो समय उनी रन बनाउन संघर्ष गर्दै आइरहेका थिए । पछिल्लो ६ एकदिवसीयमा उनले मात्र ११ दशमलव ८० को औसतले रन बनाएका थिए । वेष्ट इन्डिज भ्रमणमा उनले एक पल्ट बनाएको ४६ रन नै उत्कृष्ट हो । जबकि बाँकी ३ एकदिवसीयमा मात्र ७ रन जोड्न सफल भएका थिए । छनोट समितिका अध्यक्ष रोड्नी मार्शले उनलाई टिमबाट बाहिर राख्ने निर्णयको पुष्टी गर्दै भने–‘हामीलाई थाहा छ ग्लेन अस्ट्रेलियाको खेल जिताउने खेलाडीमध्येमा पर्छ । तर, उसको अहिलेको फर्म राम्रो छैन् ।’ अस्ट्रेलियाले श्रीलंकासँग उसैको घरेलु मैदानमा पाँच एकदिवसीय खेल खेल्दैछ । जसको पहिलो खेल २१ अगस्टमा कोलम्बोमा हुँदैछ ।

Australia Glen Cakewalk

विशेष