देश

सीमांकनको विषयमा उत्पन्न विवादले तेस्राे दिन पनि रसुवा तनावग्रस्त

सीमांकनको विषयमा उत्पन्न विवादले तेस्राे दिन पनि रसुवा तनावग्रस्त
साउन - १७ । सदरमुकाम समेत रहेको धुञ्चे गाविसलाई स्थानीय निकायको पुनरसंरचना सीमांकनको विषयमा उत्पन्न विवादले अाज साेमबार तेश्रो दिन पनि रसुवा तनावग्रस्त रहेको छ । धुञ्चे गाविसलार्इ पुनः संरचना गर्दा तल्लाे क्षेत्रमा समावेश गर्न राजनीतिक दल र स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले शनिवारदेखि सुरु गरेका विराेध तेस्राे दिन पनि जारी रहेकाे छ । Rashuwa स्थानीय धुञ्चेवासीले धुञ्चे गाविसलाई माथिल्लो क्षेत्रमा समावेश गर्न माग गर्दै टायर बालेर अघोषित बन्द गरेका छन् । स्थानीयले रसुवामा सञ्चालनमा रहेको यातायात, बजार क्षेत्र, पसल, शैक्षिक सत्र, सरकारी तथा निजी कार्यालयहरु बन्द गराउदै बिहानदेखि सडकमा टायर बालेर राजनीतिक दल र पुनःसंरचना प्राविधिक सहयोग समिति विरुद्ध नाराबाजी गरिरहेका छन् । rashuwa 4 शनिबार स्थानीयवासीले नेकपा एमालेका बैकल्पिक केन्द्रीय सदस्य माधव अर्याल र नेपाली कांग्रेस रसुवाका महाधिवेशन प्रतिनिधि जनक–जीवन उपाध्यायलाई आक्रमण गरेको आरोपमा आज बिहान स्थानीय अगुवा छिरिङ ग्लाल्पो घलेलाई पक्राउ गरेको छ । राजनीतिक नेताहरु माथि आक्रमण र स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डे लगायतका कर्मचारीलाई दुव्र्यबहार गरेको अभियोगमा हिजो पक्राउ गरेका नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङ र धुञ्चेका पूर्व गाँउ अध्यक्ष लामा रिञ्जे घलेलाई गय राति प्रहरीले रिहा गरेको छ । rashuwa 3 आफ्ना नेताहरुलाई आक्रमण गरेको बिरोधमा मुख्य तीन राजनीतिक दलका युवा संगठन नेपाल तरुण दल, युवा संघ नेपाल र योङ्ग कम्युनिष्ट लिगले हिजो आइतबार रसुवा बन्द आह्वान गरेको थियो । यसैबीच, स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डे लगायतका सरकारी कर्मचारी माथी हातपातको प्रयास तथा दुब्र्यबहार गरेको भन्दै कर्मचारी मिलन केन्द्रको आह्वानमा एक घण्टा कलम बन्द गर्दै सरकारी सेवा प्रवाह अबरुद्ध बनाएका छन् ।

Andolan Rashuwa Sadak Jam

विशेष