
साउन - १७ । मेक्सिकोमा रहेको अर्जेन्टिनाको ओलम्पिक फुटबल टिमले आफू बस्ने होटलबाट पैसा तथा केही विद्युतीय सामान लुटिएको जनाएको छ ।
ओलम्पिक खेलअघि मेक्सिको विरुद्धको मैत्रीपूर्ण खेलपछि होटलका कोठामा पुग्दा आफ्नो टोलीको सामान लुटिएको थाहा पाएका अर्जेन्टिना फुटबल एसोसिएसन एएफएका उपाध्यक्ष क्लाउडियो तापीयाले बताए ।
उनका अनुसार खेलपछि राति ११ः३० मा होटल फर्किए लगत्तै आफूहरुको लुटिएका लुटिएको थाहा भयो ।
मेक्सिकन फुटबल एसोसिएसनले भने यस विषयमा आफूहरुले अनसुन्धान गरिरहेको जनाएको छ । उनीहरुले होटलको सिसिटीभी फुटेजमा लुट्ने मानिसको पहिचान भैसकेको तर होटलले उनलाई भगाउन खोजेको आरोप लगाएका छन् ।
Argentina Football Team