फ्यानले अमिताभको बंगलाकाे पर्खाल नाघेपछि..........

साउन – १७ । हालै अमिताभ बच्चनका एक डाइहार्ड फ्यानले उनको बंगलाको पर्खाल नै नाघेर घरभित्र प्रवेश गरेको भारतीय मिडियाले बताएका छन् । ती २३ वर्षीय युवकलाई बच्चनको जास्ला बंगलामा जवरजस्ती प्रवेश गर्न खोज्दा जुहु प्रहरी पक्राउ गरेको छ ।
बुलेट बनवारीलाल यादव नाम गरेका ती युवक आफ्नो गायन कला बच्चनलाई सुनाउन त्यहाँ गएको बताइएको छ । यादव बच्चनलाई भेट्न पुनेदेखि आएका थिए । उनी आएको ५ दिनसम्म बच्चनसगँ भेट नहुँदा उनी पर्खाल नै नाघेर जान बाध्य भए । जुहु प्रहरीका अनुसार बच्चनको घरमा काम गर्ने कुकले यादवलाई देखेर तुरुन्तै प्रहरीलाई खबर गरेका थिए ।
Amitav Bacchan