देश

भोटेकोसी कटानबाट थप दुई घर बगे

भोटेकोसी कटानबाट थप दुई घर बगे
साउन  - १७। भोटेकोसी नदीमा आएको बाढीको कटानले सिन्धुपाल्चोकको तातोपानी गाविसमा थप दुई घर बगाएको छ । अविरल वर्षा भइरहेको र नदी कटानले पहिरो लागेपछि तातोपानी गाविसको चौकीडाँडामा थप दुई घर बगाएको सीमा प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक खुमलाल भुसालले जानकारी दिए । बाढीले हालसम्म तातोपानी र बाह्रबिसेमा गरी चार साताका अवधिमा ९७ घरटहरा बगाइसकेको प्रहरीले जनाएको छ । भूकम्पले थिलथिलो पारेको तातोपानीको १० किलोस्थित सडकमाथिबाट आएको पहिराले लार्चास्थित पक्की पुललाई समेत क्षति पुर्याउने स्थिति छ । भूकम्पपछि माथिबाट आएको सुक्खा पहिराले त्यसै बेला पुलमा प्वाल परेको र हाल पनि सोही ठाउँमा पहिरो लागेको छ । माथिबाट खसेको पहिराबीचमा अड्किएर क्रमिक रुपमा ठूला ठूला ढुङ्गा खसिरहेको हुँदा ठूलो पहिरो एकै चोटि झरेमा पुल भाँचिन सक्ने खतरा रहेको प्रनि भुसालले बताए।  

badhi Bhote koshi Sindhupalchok

विशेष