देश

बाह्रबिसे–तातोपानी सडक खण्ड अवरुद्ध

बाह्रबिसे–तातोपानी सडक खण्ड अवरुद्ध
साउन - १७ । डिभिजन सडक कार्यालयले डेढ साताअघिदेखि पहिरो पन्छ्याउँदै चाकु बजारसम्म खुलाएको बाह्रबिसे तातोपानी सडकखण्ड अझै अवरुद्ध छ । भोटेकोसीले जम्बुमा ५० मि पक्की सडक कटान गरेको र त्यसलाई डाइभर्सन गरी खुलाइएकामा पुनः अवरुद्ध भएको छ । नदीको बहाव बडेको र सडकको कुनातिरको भाग कटान गरी सडक निर्माण गर्ने अवस्था नभएकाले बहाव कम भएपछि मात्र तलबाट तारजाली लगाएर उकास्न सकिने डिइ अशोक तिवारीले बताउनुभयो । हाल दैनिक दुई स्काभेटर र एक डोजरद्वारा चाकुभन्दा माथिको अवरुद्ध सडक खुलाउने काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । अविरल वर्षाले जुरेमा लेदो बग्ने र बलेफीमा पहिरो जाने क्रम नरोकिएको हुँदा दैनिक रुपमा डोजरद्वारा पहिरो पन्छाई यातायात खुलाउने गरेको डिइ तिवारीले बताउनुभयो । बलेफीको पहिरो पन्छ्याउन कुनै दिन आठ नौ घन्टासम्म लाग्ने गरेकाले ओखलढुङ्गा, रामेछाप, दोलखा र सिन्धुपाल्चोकका विभिन्न भागमा चल्ने यातायात रोकिँदा यात्रुले ठूलो सास्ती भोग्नु परिरहेको छ । रासस

badhi Road Sindhupalchok Tatopani

विशेष