नेपालकप फुटबल आगामी साता

साउन - १७ । नेपाल कप फुटबल प्रतियोगिताको चौथो संस्करण चितवनमा आगामी साता सुरु हुने भएको छ ।
स्पोर्टस् फर अल क्लब र राष्ट्रिय खेलकुद संघको संयुक्त आयोजनामा चितवनको क्याम्पाचौरमा प्रतियोगिता हुन लागेको काठमाडौंमा साेमबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।
८ दिन दिन चल्ने प्रतियोगितामा तीन विभागीय टिम सहित १० टोलीको सहभागिता रहनेछ । नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिताका विजेताले ३ लाख र उपविजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
Chitawan
Nepal Cup