समाज

केटी जिस्काउनेलाई सजाय चप्पलको माला

केटी जिस्काउनेलाई सजाय चप्पलको माला
bullying साउन - १७ । बाराको महागढीमाई नगरपालिका गंजभवानीपुरमा केटी जिस्काएको आरोपमा एक युवकलाई चप्पलको माला लगाएर गाउँं परिक्रमा गराएको छ । विगत चार दिन अगाडि केटी जिस्काएको आरोपमा साेमबार गाउँमा बसेको गाउँ भेलाले बसी उक्त निर्णय गरेकाे हाे । स्थानीय १८ बषीय मासुम देवानलाई जुत्ताको माला लगाई गाउँ परिक्रमा गराएको एक स्थानीयले जानकारी दिएका छन् । स्थानीय निकाइल अंसारी, हबिब आजाद, मंजुर मिया, हरेन्द्र प्रसाद जैसवाल, जहिर अंसारी, गुल्टेन अंसारी लगायतका ब्यक्तिहरूले यस्तो निर्णय गरेको जनाईएको छ । केही समयदेखि उच्छृङ्खल गतिविधि बढेको र केटी जिस्काउने, भगाउने, जस्ता विकृति अन्त्य गर्न कठोर निर्णय गरिएको स्थानीय वासिन्दाले बताएका छन् । पञ्चायत गरी जुत्ता चप्पलको माला लगाउन गैर कानुनी काम भएको भन्दै गाउँकै केहि व्यक्तिले गाउँ भेलाले गरेको निर्णयको विरोध गरेका छन् ।

Bara Gadhimai Gao Bhela Juttako mala

विशेष