कतै तपाईको एन्ड्रोइडमा मालवेयर छ कि ?
विश्वभरको करिब १ करोड एन्ड्रोइड फोनमा ‘हमिङब्याड’ (HummingBad) नाम दिइएको मालवेयर फैलिएको छ । सो मालवेयरले फोनबाट व्यक्तिगत डाटा संकलन गरि इन्टरनेटका विज्ञापनमा प्रयोगकर्ताले झै गरि क्लिक गरिदिने गर्छ ।
यो एप एन्ड्रोइड फोनमा लुकेर बस्न पनि सक्छ । यसले व्यक्तिगत जानकारी अरुलाई सजिलै प्रदान गराइदिन्छ ।
यस बाट बच्न Lookout, AVG, Avast, Zone Alarm जस्ता एन्टीभाइरस एप डाउनलोड गरि इन्स्टल गर्न सकिन्छ । यी एपले मोबाइलमा भएका यस्ता मालवेयर डिटेक्ट गरी डिलिट गरिदिने गर्छ । तपाइको एन्ड्रोइड मोबाइलमा यो भाइरस भेटिएको खण्डमा, मोबाइल कम्प्युटरमा जोडी अत्यावश्यक डाटा कम्प्युटरमा कपी गर्नुस् । एन्ड्रोइडको लागि बनेका भाइरसले कम्प्युटरमा असर गर्दैन ।
डिलिट हुन नसकेको खण्डमा र डाटा ट्रान्सफर भएपछि फोनलाई फ्याक्ट्री रिसेट गरिदिनु सबैभन्दा उत्तम हुन्छ ।
फेरी फेरी पनि तपाइको मोबाइलमा यस्ता मालवेयर इन्स्टल नहोस् भन्नको लागि सधै चनाखो रहनुस् । मोबाइलमा कुनै पनि एप गुगल प्ले स्टोर भन्दा अर्को स्रोतबाट डाउनलोड वा इन्स्टल नगर्नु ।
Malware
Virus