मनोरञ्जन

ह्यारी पोटरको नयाँ संस्करण ‘ह्यारी पोटर एण्ड द कर्स्ड् चाइल्ड’

ह्यारी पोटरको नयाँ संस्करण ‘ह्यारी पोटर एण्ड द कर्स्ड् चाइल्ड’
Hary poter new साउन - १७ । जे.के. रोलिङको विश्वविख्यात आख्यान सिरिज ‘ह्यारी पोटर’को नयाँ संस्करण ‘ह्यारी पोटर एण्ड द कर्स्ड् चाइल्ड’ दश वर्षको अन्तरालपछि प्रकाशित भएको छ । आइतबार विश्वभरि एकसाथ सार्वजनिक भएपछि त्यस पुस्तकको सकारात्मक प्रभाव नेपाली बजारमा पनि परेको छ । पुस्तक आउने जानकारी पाउनेबित्तिकै यसका पाठकहरुले पहिल्यैदेखि बुक गराएकोले मगाइएको पुस्तक विक्री भइसकेको राजधानीका पुस्तक विक्रेताहरुले बताएका छन् । नेपाली समय अनुसार आइतबार विहान साढे आठ बजे बेलायतमा रिलिज भएको यो पुस्तकलाई यहाँ भने नौ बजे सार्वजनिक गरिएको थियो । भारतमा ह्याचेट् इण्डियाले प्रकाशित गरेको यो पुस्तकको मूल्य नेपालमा १४ सय ४० रुपैयाँमा उपलब्ध गराइएको छ । बेलायतमा भने यो पुस्तकको मूल्य २० पाउण्ड छ । ‘एजुकेसन बुक हाउस’ र ‘बुक ल्याण्ड’ले मिलेर आइतबार बेलुकी नै एक सय दस प्रति पुस्तक काठमाडौं ल्याएकोमा लगभग सबै सकिएको छ । उनीहरुबाहेक पिल्ग्रिम्स बुक हाउसले पनि यो पुस्तक मगाएकोमा उसले भने संख्या खुलाउन चाहेन । आजै थप दुइ सय ५५ प्रतिको अर्डर दिल्ली पठाइसकेको छ । प्रस्तुत पुस्तकमा दुइवटा महत्वपूर्ण जानकारीले भने पाठकहरुलाई आश्चर्यमा पार्नेछ । पहिलो त अघिल्ला पुस्तकहरु जस्तै यो न उपन्यास हो न यसका विश्वप्रसिद्ध लेखिका जेके रोलिङले यसलाइ लेखेकी हुन् । नाटकका रुपमा तयार भएको यो पुस्तकमा लेखक अरुनै हुन् । नाटक लेखक ज्याक थोर्न र जोन टिफानीले यसलाई तयार पारेका हुन् । यो पुस्तक वर्षकै सर्वाधिक विक्रीको सूचीमा परिसकेको छ ।

Harry Potter

विशेष