मनोरञ्जन

अनमोल केसीले पाए जोडी

अनमोल केसीले पाए जोडी

Aditi-Budathoki-27 नायक अनमोल केसीले चार फिल्ममा अभिनय गरे । तर सबैमा उनको जोडीका रूपमा कुनै नायिका दोहोरिएका छैनन् । डेब्यु फिल्म ‘होस्टेल’ मा प्रकृति श्रेष्ठसँग अनस्क्रिन रोमान्स गरेका अनमोलले त्यसपछि ‘जेरी’ मा आना शर्मा, ‘ड्रिम्स’ मा साम्राज्ञी राज्यलक्ष्मी शाहसँग जोडी बाँध्दै चौथो फिल्म ‘गाजलु’ मा आइपुग्दा उनले पूर्वमिस नेपाल सृष्टि श्रेष्ठलाई नै जोडीका रूपमा पाएका थिए । चारवटै हिट फिल्म दिएका अनमोलले संयोगले सबै डेब्यु नायिकासँगै काम गर्ने अवसर पाएका हुन् ।

पाँचौं फिल्मका रूपमा अनमोलले ‘कृ’ गर्न लागेका छन् । उक्त फिल्ममा अनुबन्ध भएका अनमोललाई त्यसका लागि २० लाख रुपैयाँ दिइएको छ । हालसम्मकै सर्वाधिक पारिश्रमिक लिएका अनमोलको चर्चालाई यतिबेला जोडीको रूपमा अनुबन्ध भएकी अदिति बुढाथोकीका कारण छायामा पारिदिएको छ । फल्म ‘कृ’ का निर्देशक सुरेन्द्र पौडेलले अनमोलका लागि नयाँ नायिकाको खोजी गर्ने क्रममा अदितिलाई लिइएको जानकारी दिँदै भने, ‘खोजिरहेका थियौं ।

निर्देशक पौडेलले ‘कृ’ रिभेन्ज स्टोरी भएको जानकारी दिँदै अनमोललाई दर्शकले एंग्री लुक्समा समेत देख्न पाउने बताए । यसअघिका सबै फिल्ममा अनमोल लभरब्वाई चरित्रमा देखिँदै र दर्शकबाट रुचाइँदै आएका छन् । ‘पहिलो छुट्टीमा घर आएको ब्रिटिस लाहुरे फर्कनुअघि घट्ने घटनापछिको कथामा नै फिल्म आधारित छ,’ आशिष रेग्मी र छेतेन गुरुङको संयुक्त पटकथा रहेको फिल्ममा अनमोल लभरब्वाईदेखि बदला लिने चरित्रसम्ममा फिचरिङ हुने निर्देशक पौडेलले बताए ।

Aditi Budathoki

विशेष