एक घण्टा व्यायाम गर्नुहोस् आयू लम्ब्याउनुहोस्
यदि तपाई धेरैबेर कुर्सीमा बसेर काम गर्ने हुनुहुन्छ भने सावधान तपाइको अकालमौ ज्यान जान पनि सक्छ । तर चिन्ता नलिनुहोस त्यसका लागि तपाइले दैनिक एक घण्टाको तीव्र व्यायामले घटाउने वैज्ञानिकहरुले बताएका छन् ।
१० लाखभन्दा बढी मानिससंग सम्बन्धित विवरणको विश्लेषणबाट निकालिएको उक्त निष्कर्ष ब्रिटिश जर्नल ‘द ल्यान्सेट’मा प्रकाशित छ । केही दिनपछि सुरु हुने रियो ओलिम्पिक्सको मौका पारेर यससम्बन्धी अध्ययनको निष्कर्ष सार्वजनिक गरिएको हो ।
कुर्सीमा बसिरहनेभन्दा टिभी हेरेर बस्नु बढी खराब पाइयो । हाल ब्रिटेनको स्वास्थ्य मापदण्डले हप्तामा १ सय ५० मिनेटको मध्यम खालको व्यायाम गर्न सुझाव दिएको छ । निस्क्रिय हुंदा मुटुको रोग, चिनी रोग र केही क्यान्सरको जोखिम बढ्ने ठानिन्छ ।
शारिरिक निष्कृयताका कारण संसार भर प्रति वर्ष ५३ लाख जनाको मृत्यु हुने गरेको एक अध्ययनले गरेको छ । ‘द ल्यान्सेट’ को खोजले दैनिक व्यायाम नगर्ने मानिसहरुले विश्व अर्थतन्त्रमा प्रत्येक वर्ष ६७ अर्ब डलरभन्दा बढीको भार थपिरहेको निष्कर्ष निकालेको छ ।
Byaam