स्वास्थ्य

तपाईका छोराछोरी कुलतमा छन् ? छुटकारा दिलाउन यो उपाय अपनाउनुहोस्

तपाईका छोराछोरी कुलतमा छन् ? छुटकारा दिलाउन यो उपाय अपनाउनुहोस्

Kulat

साउन १८ । घरमा सधैँ आफ्नो बच्चा कुन समयमा फर्कन्छ, ध्यान दिनुपर्छ । नियमित समयमा नआई रातिराति घर फर्कने बानी भएमा सुधार गराइहाल्नुपर्छ । आफ्नो छोराछोरीको संगतमा कस्ता साथी छन्, ध्यानदिनुपर्छ उनीहरुलाई पनि वेलावेलामा घरैमा बोलाएर रमाइलो गर्दा थाहा हुन्छ ।  बच्चाको कमजोरीलाई अरुसँग तुलना गर्नुहुदैन् । यसले गर्दा उनिहरुमा हीन भावनाको विकास हुने तथा आत्मविश्वासमा कमी आउन सक्छ । कुलतमा फस्न यस्तो भावनाले पनि सहयोग गर्छ । बच्चाको क्षमता के छ भनेर आफैँले पहिचान गरी प्रमोट गर्नुपर्दछ । ट्यावलेट, गाँजा, ड्रग्सलगायतका लागुपदार्थ सेवन गर्दा गनाउँदैन तर त्यस्ता कुलतमा लागेकाहरुनिरन्तर एकोहोरीएर बस्ने, अनावश्यक काम गर्ने, आश्चर्यजनक प्रवृति देखापर्दछ ।  लागुपदार्थको बानी परेकाहरुले अमिलो परिकार मन पराउँदैन । उनिहरु गुलियो खान मन पराउँछन् । बच्चामाआएको यस्तो परिवर्तनलाई पनि वेवास्ता गर्नुहुदैन । धरै मुखसुक्ने, वेलावेलामा जिब्रोलेओठ भिजाउने काम गर्छन् । 

अल्कोहल, चुरोटको गन्ध हटाउन, पराग, सुपारी, ल्वाङ, सुकमेलजस्ता मसाला बढी खाने गर्छन् । नियमित यस्ता मसाला खाएमा पनि केयर गर्नुपर्छ ।  कुलतमा फसिसकेकाहरुलाई लागुपदार्थ किन्न पैसा आवश्यक पर्छ । त्यसैले धेरै पैसा मागिराख्ने बच्चालाई विशेष ध्यान दिनुपर्दछ । घरमा निरन्तर बहूमूल्य सामान तथा पैसा हराइरहेको छ भने पनि ध्यान दिनुपर्दछ ।

कुलतबाट छुटाउन

सबैभन्दा पहिला आफ्नो बच्चालाई उसको साथिसंगतबाट छुटाउनुपर्दछ । उसलाई सकेसम्म नयाँ वातावरण तथा स्थानमा लैजानुपर्दछ । जतिसुकै राम्रो स्कूल कलेज भउ पनि उसले अध्ययन गरेको संस्था परिवर्तन गर्नुपर्दछ । नयाँ स्कुल कलेजमा पनि सो कुराको जानकारी गराउनुपर्दछ ।  कुलतमा फसेकाछोराछोरीलाई अविभावकले बढीभन्दा बढी समय दिनुपर्छ । उनीहरुसँगै विभिन्न खेलखेल्दै मनोरञ्जन गर्ने, नयाँ ठाँउमा घुम्न जानेजसता क्रियाकलाप गरेर उनीहरुलाईनउाँ वातावरण दिनुपर्दछ । भर्खरै सुरुवात गर्न लागेकाहरुलाई सम्झानएर बुझाएर पनि सुधार गर्न सकिन्छ । योग प्राणायमजस्ता आध्यात्मिक कार्यमा आकर्षित गर्ने ।  आफैँले सुधार गर्न नसक्ने गरी कुलतमा फसिसकेककालाई भने सुधार केन्द्रमा लगेर विशेष प्रशिक्षण दिनुपर्ने हुन्छ ।

Health

विशेष