खेल

भारतले वेष्ट इन्डिजलाई ३ सय ४ रन पछि पार्याे

भारतले वेष्ट इन्डिजलाई ३ सय ४ रन पछि पार्याे
india-west-indies-odi साउन–१८ । वेष्ट इन्डिज पहिलो इनिङमै भारतविरुद्धको दोस्रो टेष्टमा ३ सय ४ रनले पछि परेको छ । वेष्ट इन्डिजले पहिलो इनिङमा बनाएको १ सय ९६ रनलाई वर्षाले प्रभावित तेस्रो दिनको खेलमा भारतले पछ्याएको हो । पछ्याउने क्रममा भारतले ९ विकेटको क्षतिमा ५ सय रन बनाउदै इनिङ समाप्तिको घोषणा गर्यो । वर्षाले डेढ घण्टाको खेल सम्भव नभएपनि भारतका लागि अजिन्का रहाणेले अविजित १ सय ८ रन बनाए । २०१३ मा अस्ट्रेलियाविरूद्ध टेष्टको सुरुवात गरेका रहाणेले पछिल्लो ८ टेष्टमा ९० भन्दा कम रन बनाएका छैनन् । उनको भारतबाहिर तेस्रो टेष्ट सतक पनि हो । ५औं नम्बरमा ब्याटिङ गर्दै विदेशी भूमिमा तीन सतक बनाउने उनी भारतका पूर्व कप्तान अजहररुद्धिन, सौरभ गागुली, सचिन तेन्दुलकर र पोली उम्रिकरको पक्तिंमा उभिएका छन् ।

India Westernizes

विशेष