मनोरञ्जन

अरवाजसँग सन्नी लियोनीको रोमान्स

अरवाजसँग सन्नी लियोनीको रोमान्स
Arbaj Soney साउन १८ । बलिउड नायिका सन्नी लियोनी नाम चलेका स्टारसँग गतिलो चलचित्र खेल्ने चाहना राख्दै आएकी थिइन । तर, उनको विगत पोर्न स्टार भएकै कारण कत्तिले उनीसँग काम गर्न हिच्चकिचाउने गरेका थिए । तर, अब यो समस्या हटेको छ । सन्नीले बलिउडका एक चर्चित कलाकारसँग काम गर्ने अवसर पाएकी छिन् । बलिउड नायक सलमान खानका भाइ अरवाज खान र सन्नीको जोडीलाई लिएर चलचित्र ‘तेरे इन्तजार’ बन्ने भएको छ । तेरे इन्तजारमा अरवाजसँग काम गर्न पाएकोको आफू धेरै उत्साहित भएको सन्नी बताएकी छिन । चलिचित्रलाई राजिव वालियाले निर्देशन गर्ने भएका छन । भने चलचित्र म्यूजिकल लभस्टोरी कथामा बन्ने निर्देशकको भनाइ छ । निर्माताको पहिलो रोजाइमा नायिका सन्नी लियोनी नै भएपछि उनलाई अरवाज संग काम गर्ने अवसर जुरेको हो ।

Arbaj Khan Sanny Lion

विशेष