
साउन १८ । अभिनेता सलमान खान र अभिनेत्री दीपिका पादुकोणले आजसम्म कुनै पनि बलिउड चलचित्रमा काम गरेका छैनन् । जबकी, यी दुबै अहिले बलिउडका सर्वा्धिक सफल कलाकार हुन् ।
तर, दीपिका र सलमानले एकसाथ काम गर्ने चर्चा मिडियामा नआएको होइन । हालै मात्र यी दुइविचको केमेष्ट्री स्पष्ट देखिएको छ ।
मुम्बइको एक स्टूडियोमा सलमान विज्ञापनको सुटिङमा व्यस्त थिए । जब सलमानले सोही स्टूडियोमा दीपिका पादुकोण पनि सुटिङमा व्यस्त रहेको थाहा पाए, उनले छायांकन नै रोकिदिए । आफ्नो छायांकन रोकेर उनी दीपिका भएको स्थानमा पुगे ।
दीपिका र सलमानले छायांकन रोकेर करिब २ घन्टा गफमा बिताएको भारतीय मिडियाको दाबी छ । दुबैले छायांकन रोकेर गफमा व्यस्त भएपछि उनीहरुको यूनिट पनि हैरान भएको थियो । सलमान र दीपिकाले एक नयाँ प्रोजेक्टमा एकसाथ काम गर्ने चर्चा छ । सायद, यी दुइको गफ यही बिषयमा थियो कि ?
Deepika Padukon
salman khan