आइसक्रिममा अखाद्य वस्तु
साउन - १८ । अनुगमन टोलीले बुधबार ललितपुरका केही पानी कम्पनी, दूध र आइसक्रिमको अनुगमन गरेको छ ।
अनुगमनमा मार्टिन कम्पनीको आइसक्रिमको एक्स्पाएर डेट नभएको, भएको पनि अस्पष्ट भेटिएपछि सुधार्न तीन दिनको समय दिइएको छ । यस्तै निर्माता कम्पनी रजिष्टर नभएको, खाद्य प्रविधि तथा गुणस्तर विभागबाट खाद्य अनुज्ञा पत्र नलिएको पनि भेटिएको छ ।
मन्त्री पुनले मंगलबारदेखि आकस्मीक बजार अनुगमन गरिरहेका छन् । उनले मंगलबार कालिमाटी र बल्खुका तरकारी तथा फलफूल थोक बजारको अनुगमन गरेका थिए ।
Ice Cream
Martin