फुड

पशुपति फुड्सका मिठाइमा अखाद्य बस्तु, पकाउने भाडासमेत फाेहाेर

पशुपति फुड्सका मिठाइमा अखाद्य बस्तु, पकाउने भाडासमेत फाेहाेर
mithaiसाउन - १८ । आँगन मिठाइ भण्डारका नामले चिनिने पशुपति फुड्स प्रा.ली.ले उत्पादन गर्ने मिठाइमा अखाद्य वस्तु प्रयोग भएको भेटिएको छ । आपूर्ति मन्त्री गणेशमान पुन नेतृत्वको अनुगमन टोलीले बुधबार मिठाइ उत्पादनमा प्रयोग गर्ने घ्यू, तेल र अन्य अखाद्य बस्तु भेटेको हो । ललितपुर औद्योगिक क्षेत्रभित्र रहेको मिठाइ उत्पादन केन्द्रमा भएको अनुगमनमा यस्तो फोहोर भेटिएको हो । मिठाइमा प्रयोग भएको घ्यु तेलमा झिंगा र कमिला डुबेर मरिरहेको भेटेपछि, त्यो सबै फ्यालिदिएकाे आपूर्ति विभागका निर्देशक लक्ष्मण श्रेष्ठले बताए । मिठाइमा प्रयोग हुने पिठोलगाएतका अन्य बस्तु पनि फोहोर र झिँगा भन्किरहेको भेटेपछि गुणस्तर जाँच गर्न पठाएकाे जानकारी दिए । यस्तै म्याद सकिएको मिठाइलाई पनि पुनः संकलन गरी मिठाइ बनाउने गरेको पाइएको विभागले जनाएको छ । यसैगरी मिठाइमा प्रयोग गर्ने पानी समेत फोहोर पाइएको, पकाउने भाडा समेत सफा नपाइएको विभागले जनाएको छ । विभागले मिठाइ उत्पादन गर्ने बस्तुको गुणस्तर जाँचको रिपोर्टका आधारमा कारबाही गर्ने बताएको छ । रिपोर्ट नआउँदासम्म सफा तरिकाले मिठाइ उत्पादन गर्न निर्देशन दिइएको महानिर्देशक श्रेष्ठले बताए ।

Agan Mithai Mithai Pasupati Food

विशेष