खेल

रोनाल्डोभन्दा मेसीनै उत्कृष्ट: डिफेन्डर जोर्डी अल्बा

रोनाल्डोभन्दा मेसीनै उत्कृष्ट: डिफेन्डर जोर्डी अल्बा
albaसाउन – १८ । स्टार खेलाडी लियोनल मेसीले फिफा बेलोन डी’अरको उपाधि जित्नु पर्ने स्पेन तथा बार्सिलोनाका डिफेन्डर जोर्डी अल्बाले बताएका छन् । उपाधिको दौडमा पोर्चुगल तथा रियल मड्रिडका स्टार खेलाडी रोनाल्डोलाई भने सबैले सम्मान गर्नु पर्ने अल्बाले बताएका छन् । पोर्चुगललाई पहिलो पटक युरोकप फुटबल तथा रियल मड्रिडलाई च्याम्पियन्स लिग फुटबलको उपाधि दिलाएका रोनाल्डोलाई यसपटक बेलोन डी’अरको उपाधिका लागि मूख्य दाबेदारीको रुपमा रहेका छन् । अल्बाले देश वा क्लबलाई उपाधि जिताउनु भन्दा पनि मैदानमा खेलाडीले गर्ने प्रदर्शनका आधारमा बेलोन डी’अरको उपाधि दिनु पर्ने उल्लेख गरेका छन् । जसमा उनको व्यक्तिगत धारणा अनुसार रोनाल्डोभन्दा मेसीनै उत्कृष्ट छन् । ‘सबैको डिबेट यही छ कि मेसी वा रोनाल्डो को उत्कृष्ट , तर जसले फुटबल मन पराउँछन् उनीहरुले मेसीनै उत्कृष्ट मान्छन् ।,’अल्बाले भनेका छन् । एजेन्सी

jordi alba Leion Messi

विशेष