प्रवास

'वर्ल्ड नेवाः अर्गनाइजेशन जापान' नेपालीको सहयोगमा

'वर्ल्ड नेवाः अर्गनाइजेशन जापान' नेपालीको सहयोगमा
world-newah-organization-400x211 साउन १८ । नेपालका विभिन्न जिल्लाबाट जापानको ओकिनावा क्षेत्रमा विभिन्न पेशा, व्यवसाय, अध्ययन र अध्यापन गरेर बसोबास गर्ने नेवारहरुले वर्ल्ड नेवाः अर्गनाइजेशन जापान, ओकिनावा गठन गर्ने भएको छ । नेपाली समुदायमा आइपर्ने समस्याको सामूहिक रुपमा सहयोग गर्ने उद्देश्यले अर्गनाईजेशन गठन गर्न लागेको जानकारी गरिएकोे छ । हाम्रो भाषा संस्कृतिको सरंक्षण र संम्वर्धन , जापान भित्र र संन्सार भर छरिएर रहेका नेपालीहरुसंगको समन्वय, आफुसंग भएको सीप, ज्ञानको प्रचार र नेपालमा केहि आर्थिक सहयोग गर्ने उद्धेश्यले वर्ल्ड नेवाः अर्गनाईजेशन जापान, ओकिनावा शाखा गठन गरिएको उक्त संस्थाले जनाएको छ । ओकिनावा क्षेत्रका नेवारहरु संगठित भई केहि रचनात्मक कार्य गरौं भन्ने उद्धेश्यले संगठन गठन हुन लागेको हुनाले उक्त क्षेत्रमा बसोबास गर्ने नेपालीलाई कार्यक्रममा स-परिवार  सहभागी हुन अनुरोध गरिएको छ ।

newa japan prabash

विशेष