
साउन - १८ । रियो ओलम्पिकमा सबैभन्दा कान्छी खेलाडी नेपालकी पौडीबाज गौरिका सिंह बनेकी छन् । उनी भर्खर १३ वर्षकी भइन् ।
सानो उमेरमा नै उनले अहिलेसम्म सात वटा राष्ट्रिय कीर्तिमान बनाइसकेकी छन् । साथै सागमा पनि नेपाललाई चार पदक जिताएकी छन् ।
रियो ओलम्पिकको आयोजकले नेपाली गौरिका कान्छी खेलाडी भएको पुष्टि गरेको छ । रियो ओलम्पिकको आधिकारिक वेबसाइटमा उनलाई रियो ओम्पिक २०१६ कै युवा खेलाडी भनेर चिनाइएको छ ।
यो विधाको प्रतिस्पर्धा अगष्ट ८ मा हुनेछ । गौरिकाका बुबा पारस आफ्नो छोरीले उत्कृष्ट प्रदर्शन गर्नेमा ढुक्क छन् ।
Gaurika Shing
Olympic
Rio 2016