स्वास्थ्य

खाली पेटमा चिया खानु त हुँदैन ?

खाली पेटमा चिया खानु त हुँदैन ?
tea-in-bedसाउन - १८ । अधिक मानिस आज भोलि बिहान उठ्नासाथ खाली पेटमा चिया पिउन मनपराउँछन् । चिया हाम्रो जिन्दगीको महत्वपूर्ण हिस्सा बनिसकेको छ । तर यसले स्वास्थ्यमा गर्ने नोक्सान भने सायद कम व्यक्तिलाई मात्र थाहा होला । विशेष गरि दुध हालेको चिया बिहान खाली पेटमा खानु निकै खतरनाक हुन्छ । खाली पेटमा दुध चिया नियमित खानाले वान्ता हुने, पेट फुल्ने जस्ता समस्या देखिन थाल्छ । चियामा दुध मिसाउँदा चियामा एन्टिअक्सिडेन्ट रहँदैन । यस्तो चियाँ पिउनाले फूर्ति नभई थकानको महसुस हुन्छ । खाली पटेमा दुध चियाको नियमित सेवनले एसिडिटी र ग्यास्ट्रिक बढाउँछ । त्यसपछि अल्सर हुँदै पेट र आन्द्राको क्यान्सरको सम्भावना पनि नहोला भन्न सकिन्न । साथै अनुसन्धानका अनुसार दिनमा ५ पटक भन्दा बढी चिया पिउने पुरुषमा प्रोटेस्ट क्यान्सर को खतरा बढ्छ । त्यसैले बिहान उठ्नासाथ पानी पिउनुस् । चिया खानु हुन्छ भने पनि दुध नहालेको चिया वा कागती चिया खानु स्वास्थ्यको लागि राम्रो सावित हुन सक्छ ।

Tea teaching hospital

विशेष