
साउन - १८ । नवलपरासी, जिल्लाको परासी भुमही सडकखण्डअन्तर्गत परासीको नयाँ कारागार भवन अगाडि मंगलबार दिउँसो दुई मोटरसाइकल ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा नवलरासी रामग्राम–११ जमुवाडका ओमप्रकाश चौधरी रहेको प्रहरीले जनाएको छ । परासीबाट भुमही जाँदै गरेको लु २३ प ८५७२ नम्बरको मोटरासाइकल र भुमहीबाट परासी आउँदै गरेको लु ५ प ४४०९ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खादा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका रामग्राम–५ का सकिल मियाको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । रासस
Nawalparashi
nepali died in road accident
road accident