खेल

नेपाली कराते टोली भारत प्रस्थान

नेपाली कराते टोली भारत प्रस्थान
karate-312471_960_720 साउन - १८। दोस्रो अन्तर्राष्ट्रिय कराते च्याम्पियनसीपमा सहभागी हुन २१ खेलाडीसहितको ३४ सदस्यीय नेपाली कराते टोली मंगलबार भारतको कोलकाता प्रस्थान गरेको छ । नेपाल कराते महासङ्घद्वारा आयोजित कार्यक्रममा महासङ्घका अध्यक्ष दावा गुरुङ, कराते प्रमुख प्रशिक्षक महेशकुमार श्रेष्ठलगायतले टोलीलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । प्रतियोगितामा सहभागी हुने खेलाडीमा पर्शुराम बाँस्तोला, सरिता श्रेष्ठ, लक्ष्मी भट्ट, विष्णु श्रेष्ठ, गणेश पाइजा, वीरबहादुर रनेनी, दीपा लामा, मनिषा थारु, भीमबहादुर तामाङ, एलिसा तामाङ र डिगम्बरप्रसाद पन्त, एलिसा लामा, सुशान्त हुमागाईं, दीवाकर लामा, पुनम पौडेल, कुसुम पौडेल, रोजिता ढुङ्गेल, मन्दिरा थापा मगर, सुस्मिता वाइबा, अन्जु तामाङ तथा मोहन कार्की छन् । टोली नेतामा दीपक श्रेष्ठ, प्रशिक्षकमा कृष्ण मोक्तान र सुनिता श्रेष्ठ, व्यवस्थापकमा मधु लामा, अफिसियलमा गजेन्द्र साउद, चन्द्र खड्का, रितु श्रेष्ठ र इन्दु गुरुङ तथा निर्णायकमा जसबहादुर पुन, साइला गमाल, लक्ष्मण खड्का, नेत्र लामा र कृष्ण दाहाल छन् । रासस

India Karate nepal

विशेष