
साउन – १८ । अर्जेन्टिनाका नवनियुक्त प्रशिक्षक एडगार्डो बाउजाले लिओनल मेस्सी फेरि राष्ट्रिय टिममा फर्कने विश्वास व्यक्त गरेका छन् । साथै आफ्नो चिन्ता मैदानमा मेस्सीको पोजिसनलाई लिएर रहेको उनी बताउछन् ।
मेस्सीले केही समय अघि सन्यासको घोषणा गरेका थिए । उनलाई सन्यासको घोषणा फिर्ता लिन लगातार दबाव आइरहेको छ । तर, उनले यसबारे केही बोलेका छैनन् । प्रशिक्षक बाउजाले भनेका छन्, मेरो पहिलो टिममा धेरै परिर्वतन हुँदैन ।
उनले कार्लोस टेभेज टिममा फर्कन सक्ने बताए । उनी राष्ट्रिय टिममा पर्न योग्य खेलाडी भएको बाउजाले बताए । अर्जेन्टिना १० दक्षिण अमेरिकी समूहमा ६ खेलबाट ११ अंकका साथ तेस्रो स्थानमा छ । समूहको शीर्ष चार टिम २०१८ को विश्वकपका लागि छनौट हुनेछन् ।
Leion Messi
Messy