
साउन - १८ । प्रशान्त महासागर क्षेत्रमा अवस्थित टापुको मुलुक फेडेरेटेड्स स्टेट्स अफ माइक्रोनेसियाको याप राज्यमा पक्राउ परेका १६ नेपालीमध्ये पाँच जनालाई साउन मलेसियास्थित नेपाली दूतावासको पहलमा उद्दार गरिएको छ ।
सोह्र जना नेपालीलाई विदेशी तथा नेपाली मानवतस्करले अमेरिका तथा अस्ट्रेलिया पठाइदिन्छु भनेर मोटो रकम असुली नेपालबाट मलेसिया र इन्डोनेसिया हुँदै डुङ्गाबाट उक्त देशको समुन्द्री क्षेत्रमा कागजातविहीन अवस्थामा छाडेका थिए ।
उनीहरुलाई त्यहाँ छोडेलगत्तै माइक्रोनेसियाका अध्यागमन अधिकारीले पक्राउ गरी घर फिर्ती केन्द्रमा राखेका थिए ।
तिमध्ये अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आइओएम)को सहयोगमा यसअघि नै सातजनालाई उद्धार गरी गत असार ११ गते नेपाल पठाईसकिएकोमा आज थप पाँच जनालाई पनि नेपाल पठाइएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।
माइक्रोनेसियाका अधिकारीका अनुसार बाँकी रहेका चार जनालाई संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायोगले शरणार्थी दर्जा दिएको छ । नेपाल पठाइएकामा गुल्मीका वसनकुमार थापा, चितवनका वाकसिंह घलान, कमलबहादुर घलान, कमल तामाङ र पृथ्वी तामाङ रहेका छन् । रासस
Bidhesh
Malaysia
Udhar