अबको चुनावमा प्रचण्डको हालत हाम्रो भन्दा खराब हुन्छ, उनको पछि किन लाग्ने ?
हामी आज बैठक बस्दैछौं । राप्रपासँग पार्टी एकताको कुरा चलिरहेको छ । राप्रपाले सरकारमा जाने निर्णय गरिसकेको छ । पार्टी एकता हुंने सर्तमा मात्र हामी सरकारमा जान्छौं ।
हिजोको बैठकमा सरकारमा जाने बारेमा कुरा मिलेन । पार्टी सरकारमा जाँदा मन्त्री हुंने निश्चित व्यक्ति मै हुंँ । तर, म सरकारमा जान हुंदैन भनिरहेको छु । जनताले केपी ओलीजीको बर्हिगमनलाई रुचाएका छैनन् । राष्ट्रियता र हामीले उठाएका मुद्धा अफ्ठयारोमा पार्ने गरी समिकरण फेरिएको सन्दर्भमा सरकारमा जान हुंदैन भन्ने मेरो स्पष्ट दृष्टिकोण छ । पार्टी अध्यक्ष कमल थापा पनि अहिले सरकारमा जाने पक्षमा हुनुहुन्न । यही कारणले पनि हामीले हिजो केही निर्णय लिन सेकनौं । प्रचण्डजी पहिलो पार्टीबाट तेस्रोमा झर्नु भयो । अब तेस्रो पनि बन्ने सम्भावना छैन । हामीले पनि जनभावनालाई बुझेर निर्णय लिनुपर्छ । सरकारमा जाँदा पार्टीलाई घाटा हुंने मेरो मत मैले हिजोको बैठकमा राखेको छु । आजपनि मेरो मत त्यही छ ।
तर, हामीलाई धर्मसकंट छ । सरकारमा नजादा पार्टी एकता टुट्ने भयो र सरकारमा गएकै कारणले एकता हुंने भयो भने फरक निर्णय लिन सक्छौं । अध्यक्षलाई हामीले पार्टी एकीकरणको स्पष्ट दृष्टिकोणसहित आजको बैठकमा आउन भनेका छौं । उहांले पार्टी एकीकरण हुन्छ भन्ने निष्कर्ष लिएर आउनुभयो भने प्रचण्डजीलाई मतदान गर्छौं । भएन भने हामी प्रतिपक्षमा बस्छौं । बल अध्यक्षजीको कोर्टमा छ । हाम्रो चाहना नहँुंदा नहुंदै पनि पार्टी एकताका लागि सरकारमा जाने सम्भावना छ । (गिरीसँगको कुराकानीमा आधारित)