स्वास्थ्य

महिलाको स्तनको आकारमा किन आउंछ परिवर्तन

महिलाको स्तनको आकारमा किन आउंछ परिवर्तन

Bubsसाउन १९ । मान्यतया हेर्ने हो भने कुनै महिलाको स्तन धेरै ठूलो र कुनै महिलाको स्तन सानो भएको पाइन्छ । ठूलो स्तन भएका महिलामा कसरी यसलाई नियन्त्रण गर्ने भन्ने टाउको दुखाई बनेको हुन्छ भने सानो स्तन हुनेहरुमा यसलाई कसरी ठूलो बनाउने भन्ने चिन्ता हुन्छ । यसका लागि उनीहरुले विभिन्न उपाय अपनाउँछन् । सामान्यतया १० वर्षको उमेरदेखि स्तनको विकास शुरु भई १५–१६ वर्षको उमेरमा गएर रोकिन्छ । यस उमेरमा पनि स्तनको राम्रोसँग विकास भएन भने स्तन सानो भएको बुझ्न सकिन्छ भने यस उमेरपछि पनि कसै कसैको स्तन भने अस्वभाविक रुपमा बढेको पाइन्छ । स्तनलाई यौन अंगको रुपमा लिइएता पनि यसको मुख्य काम भनेको स्तनपान गराउनु नै हो । स्तनको राम्रोसँग विकास भएन भने यसले स्तनपानमा समेत समस्या उत्पन्न गराउन सक्छ ।

किन हुन्छ स्तन ठूलो ?

हाम्रो शरीरमा रहेका विभिन्न हर्मोन मध्ये पिट्युटरी ग्रन्थीले बनाउने पोल्याक्टिन हर्मोन बढी भएमा स्तन ठूलो हुन जान्छ । साधारणतया गर्भावस्थामा पोल्याक्टिन रसायनका कारण महिलाहरुको स्तन ठूलो हुने हुन्छ । यो दुध उत्पादन गर्नमा सहयोग गर्ने हर्मोन हो । तर गर्भावस्था नभएको समयमा यो हर्मोन बढी भएमा स्तन ठूलो हुन्छ । कसै कसैको एउटा स्तन ठूलो र अर्को सानो हुने हुन्छ । यस्तो अवस्थामा म्यामोग्रामी जाँच गर्नुपर्ने हुन्छ । पोल्याक्टिक हर्मोनका कारण कहिलेकाँही महिनावारीमा पनि समस्या उत्पन्न गराउँछ । हर्मोनमा कुनै पनि समस्या छैन, गर्भवती पनि छैन तर स्तन ठूलो भइरहेको छ भने मोटोपनका कारण बोसो जमेर पनि हुन सक्छ ।

यस बाहेक स्तनको शल्यक्रिया गरेर पनि घटाउन सकिन्छ । स्तन ठूलो हुनु मात्र समस्या नभएर सानो हुनु पनि समस्या हो । स्तन सानो कुन उमेरमा भएको हो, सर्वप्रथम हेर्नुपर्ने हुन्छ । केटीहरुमा पिबोरटी भन्ने समय हुन्छ, यस समयमा स्तनको विकास हुने, केटाहरुको टेस्टिजको साइज बढ्ने हुन्छ । पिबोरटी सामान्यतया केटीहरुमा ८ देखि १० वर्षको उमेरमा शुरु हुन्छ । १० वर्षको उमेरमा पनि कसैको स्तनको विकास भएन भने यसलाई असाधारण मानिन्छ ।

किन हुन्छ स्तन सानो ?

स्तन सानो हुनुमा पनि हर्मोनकै समस्याका कारक हुन्छ । मुख्य गरेर स्टोजन हर्मोनको कमीले गर्दा स्तन सानो हुने हुन्छ । यसलाई पनि पिट्युटरी ग्रन्थीले नै नियन्त्रणमा राखेको हुन्छ । यसले एफएसक्स र एलएच हर्मोन बनाउने काम गर्छ यदि यि हर्मोनहरुको कमी भएमा स्तन सानो हुने हुन्छ । पिटिटोरीमा कुनै ट्यूमर भएमा, ब्रेनमा ट्युमर भएमा, कुनै कारण पिट्युटरी ग्रन्थीलाई थिचेमा हर्मोनमा कमी आउन सक्छ । कसैकसैको बच्चादेखि नै पिट्युटरी ग्रन्थीको विकास भएको हुँदैन भने त्यसमा कुनै समस्या देखिएमा पनि हुनसक्छ । सानो भएको कसरि थाहा पाउने ? यसका लागि ट्यानर स्टेजबाट पत्ता लगाउँन सकिन्छ । ट्यानर स्टेज एकदेखि पाँच स्टेजसम्म रहेको हुन्छ । स्टेज एकमा स्तनको विकास नै शुरु भएको हुदैन अर्थात बच्चाहरु भन्ने बुझिन्छ । त्यसैगरी स्टेज पाँच भनेको पूर्ण युवावस्था भन्ने बुझिन्छ । स्तन विकास नभएको स्टेज पाँचमा थाहा पाउन सकिन्छ । जस्तै १६ वर्षको उमेरमा पनि स्टेज एक जस्तै स्तनको विकास नभएमा यसलाई असामान्य रुपमा लिइन्छ । यसपछि मात्र स्तन विकास नभएको कारक तत्व खोज्नु पर्ने हुन्छ । १४-१५ वर्षको उमेरसम्म पनि स्तनको विकास भएन, महिनावारी शुरु भएन भने एक पटक हर्मोन रोग विशेषज्ञसँग सल्लाह लिनु जरुरी हुन्छ ।

Woman Health

विशेष