‘म गर्भवती हुँदा अरुलाई किन दुख्छ टाउको ?’
एजेन्सी– बलिउड अभिनेत्री करिना कपुर गर्भवती भएकी छन् । कलाकार सैफ अलि खानकी दोस्रो पत्नीका रुपमा मुस्लिम परिवारमा प्रवेश गरेकी करिनालाई अहिले पापराजीका कारण हैरानी व्यहोर्नु परेको छ ।
जहाँ जाँदा पनि मिडियाका क्यामेराले उनको गर्भिणी शरीर नियालिरहेको छ । यो महशुस गरेर करिना हैरान छन् । उनले केही दिन अघि एक अन्तर्वार्ताका क्रममा भनेकी थिइन्, ‘गर्भवती हुनु सामान्य कुरा हो । यो विषयलाई सामान्य रुपमै लिँदा ठीक हुन्छ । म मरे झै गरी सबैको ध्यान तानिन किन आवश्यक छ ?’
गएको आइतबार करिना निर्माता संजय कपुरले आयोजना गरेको पार्टीमा सहभागी भइन् । कालो ‘आउटफिट’ उनी देखिएकी थिइन । तस्बिरमा उनी गर्भवती भए झै देखिएकी छैनन् ।