राप्रपा नेपालले विपक्षमा मतदान गर्ने

साउन १९ । संसदकोे चौथो ठूलो दल राप्रपा नेपालले प्रधानमन्त्री निर्वाचनमा प्रचण्डको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीका उम्मेदवार प्रचण्ड केपी ओली सरकार जस्तै स्थान दिने भन्दै समर्थनका लागि राप्रपा नेपालका अध्यक्ष कमल थापासमक्ष प्रस्ताव राखेका थिए । तर, राप्रपा नेपालको बुधबार बसेको कार्यसम्पादन र संसदीय दलको बैठकले प्रचण्डलाई समर्थन नगर्ने निर्णय गरेको छ ।
‘देशको सर्वोपरी स्वार्थ र पार्टीको नैतिक चरित्र, राष्ट्रवादी संस्कार, आदर्श एवं सिद्धान्तलाई महत्व र प्राथमिकता दिँदै आज हुने प्रधानमन्त्रीको निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको उम्मेदवारीको विपक्षमा मतदान गर्ने बैठकले निर्णय गरेको छ’ बैठकपछि प्रवक्ता राजाराम श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
kamal Thapa puspakamal dahal prachanda