खेल

बाउजा अर्जेन्टिनाको फुटबल प्रशिक्षकमा नियुक्त

बाउजा अर्जेन्टिनाको फुटबल प्रशिक्षकमा नियुक्त
BUENOS AIRES, ARGENTINA - SEPTEMBER 06:  Edgardo Bauza coach of San Lorenzo gives instructions to his players during a match between Boca Juniors and San Lorenzo as part of 23rd round of Torneo Primera Division 2015 at Alberto J. Armando Stadium on September 06, 2015 in Buenos Aires, Argentina. (Photo by Amilcar Orfali/LatinContent/Getty Images)   साउन १९ । विश्वकप उपविजेता अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा एडुगार्डो बाउजा नियुक्त भएका छन् । बाउजा यसअघि ब्राजिलको क्लब साओ पाउलोमा आबद्ध थिए । कोपा अमेरिका सेन्टेनारियोलगत्तै जेरार्डो मार्टिनोले राजीनामा दिएपछि अर्जेन्टिनाको प्रशिक्षक पद रिक्त थियो । पछिल्लो तीन वर्षमा अर्जेन्टिना कोपा अमेरिकामा दुई पटक र विश्वकपमा एकपटक फाइनलसम्म पुगे पनि उपाधिबाट विमुख भएको थियो । विश्वकपको फाइलनलमा आफ्नो टोली जर्मनीसँग १ – ० गोलले पराजित भएपछि अलेजान्द्रो साबेलाले अर्जेन्टिनाको प्रशिक्षक पद छाड्नु परेको थियो । पछिल्लो समय उपाधि जित्न नसकेकै कारण प्रशिक्षकहरूले अर्जेन्टिनाको पद छाड्नु परेको छ । ५८ वर्षीय बाउजाका लागि अहिले धेरै चुनौती छन् । स्टार स्ट्राइकर लियोनल मेसीले गत कोपा अमेरिकाको फाइनलपछि अप्रत्याशित रूपमा अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका कारण अर्जेन्टिनामा यी स्ट्राइकरको अभाव खड्कनेछ । उनको प्रशिक्षण जीवन भने सन् १९९८ देखि सुरु भएको थियो । आफूले तीन सयभन्दा बढी खेल खेलेको रोसारियो सेन्ट्रलबाटै उनले आफ्नो व्यावसायिक प्रशिक्षण जीवन सुरु गरेका थिए । अर्जेन्टिनाले सिनियर अन्तर्रा्ष्ट्रिय फुटबलमा सन् १९९३ यता कुनै पनि ठूला उपाधि जित्न सकेको छैन

adugardo bauja arjentina sports

विशेष