जान्नुहोस् स्थनपान गराउने सहि तरिका
साउन - १९ । स्तनपानका लागि सहि स्थितिको प्रश्न उठ्दा दुइवटा कुराहरु अत्यन्त महत्वपूर्ण हुन्छ । पहिलो कुरा बसाइ आफुलाई शारिरीक रुपमा आरामदायि र सहज हुनुपर्छ । दोश्रो कुरा बसाइको स्थिति सहज बनाउनुसँगै शिशुलाई आफ्नो स्तनसम्म सहज रुपमा पुर्याउन सक्ने गरी बस्नुपर्छ ।
आफ्नो लागि कुन चाँहि स्थिति उपयुक्त छ भन्ने कुरा शिशुलाई दुध चुसाउन कुन किसिमको बसाई सहज हुन्छ भन्ने कुरामा निर्भर हुन्छ ।जुनसुकै स्थिति रोजेपनि, दुध चुस्ने बेलामा शिशुले आफ्नो टाउको थोरै पछाडि तिर तान्न सक्ने कुरा सुनिश्चित गर्नुपर्ने हुन्छ ।
तरिका
१) आफ्नो र शिशुको शरीरलाई समानान्तर राखेर – सुतेर र पल्टिएर बस्न सकिन्छ ।
२) शिशुले जुन स्तनबाट दूध चुसिरहेको छ त्यसको अर्को तर्फको हातले शिशुलाई काखमा लिएर समातेर राख्ने र सहज हुनेगरी बस्ने ।
३) शिशुले दुध पिइरहेको स्तनपट्टिकै हातले समातेर अर्को हातले टाउको अड्याएर छड्के पारेर बोकेर सजिलो सँग बसेर स्तनपान गराउन सकिन्छ ।
४) पलेटी कसेर बसेर शिशुलाई दुध चुसिरहेको स्तन तिरको हातले अड्याएर उसको गोडा तल तिर पर्नेगरी सुताएर ।
५) यदि जुम्ल्याहा बच्चाहरु छन् र एकसाथ दुध चुसाउनु छ भने पलेटी कसेर बसी एउटा नरम तकीयाको सहायतामा दुबै स्तनमा एक एक तफबाट शिशुलाई एकसाथ स्तनपान गराउन सकिन्छ ।
Brest Feeding