लेरोय सेन पाँच वर्ष म्यानचेस्टर सिटीमा
साउन – १९ । जर्मन विन्गर लेरोय सेनले पाँच वर्षको अनुबन्ध गरेका छन् । सेनले म्यानचेस्टर सिटीसँग पाँच वर्षे सम्झौतामा हस्ताक्षर गरेका छन् । उनको यो अनुबन्धको पुष्टि उनको पुरानो बुंडेसलिगाका क्लब साल्के ०४ र इंग्लिस प्रिमियर लिग क्लब दुवैले गरेका छन् ।
सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाको नेतृत्वमा खेल्ने उद्देश्यले आफू नयाँ क्लबमा आएको २० वर्षीय सेनले बताएका छन् । ग्वार्डिओलाले उनलाई सिटीमा आउन विश्वास दिलाए र खेल जीवनमा सहयोग गर्ने पनि बताएका कारण उनी सिटीमा आउने निर्णय गरेका हुन् ।
उनले भने, ‘मलाई विश्वास छ, उनको प्रशिक्षणमा मैले धेरै सिक्नेछु । यसले मेरो खेल जीवन अझ माथि पुग्ने विश्वास छ । मेरो विचारमा उनी राम्रा खेलाडीलाई पूर्ण खेलाडी बन्न सहयोग गर्न सक्छन् ।’
ग्वार्डिओलाले टिममा सेनसँगै नोलिटो, इमाये गुनडोगन र ओलेकसान्डर जिनचेन्कालाई सिटीमा ल्याइसकेका छन् । एजेन्सी
Leroy Sane