खेल

बिमल घर्ती मगर पुनः प्रशिक्षणमा फर्के

बिमल घर्ती मगर पुनः प्रशिक्षणमा फर्के
bimal साउन – १९ । नेपालका उदाउँदा फुटबल प्लेयर विमल घर्ती मगर आफ्नो बहिनी मनिशा घर्ती मगरको निधन पश्चात आफ्नो गाउँ नवलपरासीमा थिए । त्यस घटनाले उनी मात्र नभई नेपाली खेलकुद प्रेमी र उनका समर्थक सबै विक्षप्त भएका थिए । घटना पछि प्रहरीले हत्यारालाई त समात्यो तर उनकी बहिनीलाई कसले पो फर्काउन सक्थ्यो र । उनी निराश भए र आफ्नो खेल जीवनबाट विश्राम लिएर आमासँगै नवलपरासीमै बसे । समयले घाउ निको पार्छ त भन्छन् तर उनको यो घाउ निकै ठुलो छ । तर उनी यही घाउलाई बोकेर आमाको ममता र नेपालीहरुको साथले फेरी मैदानमा फर्कीएका छन् । साथै उनले आफ्नो पुुनः प्रशिक्षण सुरु गर्ने छन् । रोकिएको उनको क्यारियर  पुनः सुरु गरेर नेपालीलाई फुटबलबाट फेरि हौसला बढाउँदै छन् । Bimal

bimal gharti magar football

विशेष