ट्यांकरको पानी पिउनेहरुमा हैजाको महामारी
साउन २० । ट्यांकरबाट वितरण गरिएको अत्याधिक प्रदुषित पानीका कारण उपत्यकामा हैजाले प्रकोपको रुप लिएको पुष्टि भएको छ । विगत एक महिनादेखि ललितपुर, भक्तपुर र काठमाडौं जिल्लाका विभिन्न स्थानमा फैलिरहेको हैजाको मुख्य कारण दिसा मिश्रित प्रदूषित पानी ‘कोलीफर्म’ भएको स्वास्थ्य सेवा विभाग महामारी तथा रोग नियन्ण महाशाखालो पुष्टि गरेको छ ।
हैजाका संक्रमितले पिउँदै आएको पानीको नुमना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा करिब ५० प्रतिशत पानीको नमुना दिसा मिश्रित प्रदूषित भएको फेला परेको हो । अन्नपूर्ण पोस्टबाट